arrow

सुनकाण्डमा हिराको गाडि, रहस्य खुल्दै

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
gadi1.jpg

तुल्सीपुर। झण्डै ३ महिना हुन लाग्दा समेत शंकास्पद सुनकाण्डको यथार्थ वाहिर आउन सकेको छैन । गाडिमा अवैध सुन तस्कर भईरहेको विशेष सुराकीका आधारमा दाङको प्रवेशद्धारा अमिलियांबाट पक्राउ परेको गाडि नेताहरुको दवावमा छोडिएको भन्दै सामाजिक सञ्जालमा समेत निकै चर्चा पाएको थियो ।

 गत भदौं २३ गते रातिको घटना हो । बा ११ च ९६२६ नम्वरको हुण्डाई कम्पनीको टक्सङ गाडिलाई विशेष सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लियो । ईप्रका तुल्सीपुरको कम्पाउण्डमा राखेर झण्डै १५ घण्टा सम्म विस्तृत अनुसन्धान भईरहेको थियो । गाडि छुटाउन शुरुबाटै दवाव आउन थालिसकेको थियो । गाडिमा सवारहरुलाई छाडेपनि प्रहरीले गाडि भने छाड्न मानेन । त्यस दिन एमाले नेताहरुको ठुलै शक्तिले दवाव दिएको दावी गरिएको छ ।

 आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा एक प्रहरीले भने उक्त गाडि सुन तस्करीमा संलग्न गाडि हो भन्नेमा प्रहरी ढुक्क थियो । त्यत्तिकैमा एकाएक उक्त गाडि छाड्ने आदेश आयो । उक्त अनुसन्धन तथा कार्वाहि प्रकृया अगाडि वढ्न नसक्नुमा राजनितिक दवाव रहेको प्रहरी भित्रैबाट आवज पनि उठ्यो । प्रहरीले दवाव थेग्न नसकेरै अनुसन्धान अगाडि वढाउन नसकेको प्रहरी श्रोतको दावी छ । राजनितिक दवाव र यसले चर्चा पाउनुको कारण गाडि पहुचवाला नेताको थियो । उक्त गाडि एमाले नेता तथा अहिले दाङ क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका हिराचन्द्र केसीको  थियो । केसी तुल्सीपुर वजारको एक सुन पसलका सञ्चालक पनि हुन् ।

उक्त घटनावारे प्रहरीले कति वेला पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छ भनेर पत्रकारहरु पखाईमा थिए भने अन्य जिज्ञासा राख्नेहरु समाचारको पर्खाइमै थिए । तर एकाएक गाडिमा केही भेटिएन भन्ने हल्ला वाहिर फिजाईयो । प्रहरी आन्तरिक श्रोतका अनुसार सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेको उक्त गाडिमा गाजा पनि भेटिएको थियो । गाडिमा भेटिएको गाजा देख्ने प्रहरीहरु यो घटना शंकास्पद रहेको दावी गछन् । ति सवै कुरा गुप चुप मै सिमित भयो । यो घटनापछि भने अवैध सुन तस्कर गर्ने गिरोह चुपचाप अवश्थामा रहेपनि प्रहरी प्रशासन फितलो हुना वित्तिकै जुर्मुराउने गरेको यहांका स्थानियहरुको विश्लेषण छ । प्रहरी प्रमुख आउना वित्तिकै भेटघाट गर्न सकृय हुने र सेटिङ वारे चिन्ता वढि हुने गरेको समय समयमा चर्चा पनि चल्ने गरेको छ । यद्यपी पछिल्लो समयमा सुरक्षा व्यवस्था कडा भएकाले अवैध कारोवारीहरु सुसुप्त अवश्थामा रहेको वताईन्छ ।

 उक्त शंकास्पद भनिएको गाडिका मालिक केसी भएकाले यो विषय कांग्रेसका उम्मेदवारहरुका लागी खुराक वनेकै हो । उम्मेदवारको चरित्र वारे विशेष वहसमा भने अवैध सुन तस्करीको शंकास्पद घटना वारे उम्मेदवारहरुले आवाज उठाउदै आएका छन् । निर्वाचनमा उम्मेदवार वनेका व्यक्तिको चरित्र वारे मतदाताहरु आफैले वुझेकाले आफुहरु कांग्रेसको पहलमा भएका विकास र भावि एजेण्डालाई प्रार्थमिकतामा राखेर अघि वढेको कांग्रेस उम्मेदवारहरु वताउछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ