arrow

एमाले तनहुँमा भुइचालो, जिल्ला कमिटि सदस्यसहित दर्जनौ कांग्रेसमा प्रवेश

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार

दमौली । बामगठबन्धनप्रति असंतुष्टी जनाउदै नेकपा एमालेका जिल्ला कमिटि सदस्य बिमला अधिकारी सहित दर्जनौ एमाले कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । तनहुँको क्षेत्र नम्बर १ को भानुनगरपालिकाको डाँडागाँउ क्षेत्रकी प्रभावशाली नेतृ अधिकारी कांग्रेसमा प्रवेश गरेसंगै एमाले तनहुँमा खैलाबैला मच्चिएको छ ।


अधिकारीसंगै दमौलीमा आयोजित आमसभामा नारायाणी कार्की,महाविर कार्की, देबु अधिकारी, संझना कार्की, पृतीक कार्की, दलबहादुर कार्की, इश्वरी कार्की, गोरे कार्की, ज्ञानबहादुर श्रेष्ठ, अमृत अधिकारी, कमल कार्की, हरि भण्डारी, रमेश कार्की, मुन्नी कार्की, प्रेम कार्की रहेका छन् ।

त्यसैगरि क्षेत्र नम्बर १ को मइबलमा पनि एक दर्जन एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । यो भन्दा अगाडि समेत एक सय ७० जना एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए । ती कार्यकर्तालाई कांग्रेसका युवा नेता गोविन्द भट्टराईले कांग्रेसमा प्रवेश गराएका थिए ।

यस्तै क्षेत्र नम्बर दुईको शुक्लागण्डकी नगरपालिकाको बेललचौताराबाट वाम गठबन्धन परित्याग गरी दुई सय भन्दा बढी युवा काग्रेस प्रवेश गरेका छन् ।

यस्तै शुक्कागण्डकी नगरपालिका वडा–१२ फिरफिरेका दुई माओवादी केन्द्रका स्थानिय प्रभावशाली नेता मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। स्थानिय टंकबहादुर गुरूङ र आसबहादुर परियार कांग्रेसमा प्रवेश गरेका हुन्। दुवैले कांग्रेस विकासवादी पार्टी भएको कारण प्रवेश गरेको प्रतिक्रिया दिएका थिए।

एमाले जिल्ला कमिटि सदस्य रहेकी अधिकारीले एमालेको द्धैध चरित्रका कारण एमाले परित्याग गरेको बताइन् । उनले एमालेले राजनीतिको आर्दश सिद्धान्त र निष्ठा सवै बिर्सेर माओवादीसंग गठनबन्धन गरेको तथा पैसाको बलमा चुनाव चितिन्छ भन्ने सोचले टिकट बितरण गरेका कारण आफुले पार्टी परित्याग गरेको बताइन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ