arrow

डा​.केसीले दिए उज्वल थापालाई धन्यवाद

logo
हाम्रा कुरा
प्रकाशित २०७४ मंसिर १८ सोमबार
Govinda-kc-new-photo.jpg.jpeg

काठमाडौं ।  डाक्टर गोबिन्द केसीले विगतमा आफ्नो अभियानलाइ नजिकबाट सहयोग गरेको र तीन करोड नेपालीको स्वास्थ्यमा सुधार गर्न योगदान दिएकोमा विवेकशील साझा पार्टी तथा संयोजक उज्वल थापालाई नामै लिएर धन्यवाद दिएका छन ।

 दोस्रो अनसनदेखि तेह्रौँ अनसनसम्म पार्टीका संयोजक थापाले नीरन्तर सहयोग गरेको र कसैले साथ नदिएको जटील परिस्थितिमा पनि विवेकशील साझाको(तत्कालिन विवेकशील नेपाली दल) साथ रहेको बताए । उनले भने प्रतिबद्दता र इमानमा उज्वल थापा लगायतको नेतृत्व प्रसंसनीय छ । संयोजक थापा काठमाडौँ ५ बाट प्रतिनिधिसभा तर्फका उम्मेदवार हुन् |

विवेकशील साझा पार्टीको कार्यशैली चुस्त र पारदर्शी हुनुका साथै विरोधको शैली पनि फरक भएको बताए । उनले नेपाली मिडियालाइ पनि धन्यवाद दिएका छन । कार्यपालीकाले लुटतन्त्र मच्चाइरहेका बेला न्यायपालीका कमजोर हुँदा मिडियाले राम्रो भूमिका खेलेको बताए ।

 राजनीतिक दलहरु लुटतन्त्रमा रमाइरहेको भन्दै अब जनताले विकल्प खोज्ने र सहि व्यक्ति रोज्ने बेला आएको बताए। आफु कुनै पार्टी भन्दा पनि परिपाटि र पद्दतिको पक्षधर रहेको र विवेकशील साझाले असल परिपाटीको सुरुवात गरेकोमा खुशि व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ