arrow

धनगढीमा कांग्रेसले गर्‍यो शक्ति प्रदर्शन

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
arju1.jpg

धनगढी। नेपाली कांग्रेसले सोमबार धनगढीमा शक्ति प्रर्दशन गरेको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को अगुवाईमा कांग्रेसले धनगढीमा शक्ति प्रर्दशन गरको हो ।

 चुनावी प्रचारप्रसार अभियानको अन्तिमदिन कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. आरजु देउवाको नेतृत्वमा विशाल चुनावी र्‍याली निस्किएको थियो । र्‍यालीले धनगढी बजारको मुख्य चोक क्षेत्रको परिक्रममा गर्दै ट्राफिक चोकमा गएर कोणसभामा परिणत भएको थियो ।

 कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. आरजु, प्रदेशसभा सदस्यका उम्मेदवारद्वय डिल्लिराज पन्त र जिवन राना लगायतले कोणसभालाई सम्बोधन गरेका थिए । सो अवसरमा वोल्दै प्रतिनिधिसभा उम्मेदवार डा. आरजु ले नेपाली कांग्रेसलाई भोट दिएर जिताउन आग्रह गरिन् । उनले आफुले चुनाव जिते कैलाली लगायत सिंगो सात नम्वर प्रदेशको विकाशमा कटिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ