arrow

गगनलाई बम हान्नेलाई कडा कारबाही गर्छु : देउवा

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
Sher.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गगन थापालाई लक्षित गरी गराएको बम विष्फोटमा संलग्नहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले ट्वीट गर्दै यस्तो चेतावनी दिएका हुन् । देउवाले गृहमन्त्रालयको जिम्मेवारी पनि आफै सम्हालिरहेका छन् ।

ट्वीट गर्दै देउवाले भनेका छन्, ‘नेपाली कांग्रेस काठमाडौं–४ का उम्मेदवार गगन थापा र उनका समर्थकमाथि भएको आक्रमणको निन्दा गर्दछु । यो कांग्रेसविरुद्ध मात्र नभई लोकतन्त्र र जनताको मतदान अधिकारमाथिकै प्रहार हो । यस्ता कृत्यमा संलग्न हुनेलाई कडाभन्दा कडा कार्वाही गर्ने प्रतिवद्धता पुनः व्यक्त गर्दछु ।’

काँग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा उम्मेदवार गगन थापामाथि घरदैलो सुरु गर्न नपाउँदै सोमबार दिउँसो बुढानीलकण्ठको चपलीमा रहेको महादेव कोलोनीको प्रवेशद्वार जनिकै बम आक्रमण भएको हो । विष्फोटमा थापासहित ११ जना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था चिन्ताजनक छ ।  

प्रहरीले रिमोट कन्ट्रोल बम बिष्फोट गराइएको शंका गरेको छ । घटनामा संलग्न भएको शंकामा प्रहरीले छानविन गर्न भन्दै ४० जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको शंकामा ४० जनालाई पक्राउ गरी अनुसन्धान थालेको  महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले हाम्राकुरालाई बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ