गगन थापालाई वम हान्नेहरुले कञ्चनपुरमा रमेश लेखकको घरमा पनि हाने वम
ईश्वर दत्त बडू
प्रकाशित २०७४ मंसिर १८ सोमबार
1k
Shares
कञ्चनपुर। काठमाडौंमा काँग्रेस नेता गगन थापालाई बम प्रहार गर्नेहरुकै गिरोहले कञ्चनपुरमा रमेश लेखकलाई लक्षित गरि पनि वम प्रहार गरेका छन्।
गगन थापा सहितलाई वम हाने लगत्तै लेखकले काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठवन्धनको विजयी हुने भयले आत्तिएकारुहले वम प्रहार गरेको भन्दै दोषीहरुलाई कडा कार्वाहीको माग गरेका थिए।
चुनावी प्रचारको अन्तिम दिन मतदाता माझ रहेका बेला लेखकको घरमा वम प्रहार भएको हो। कञ्चनपुर क्षेत्र नम्वर ३ का काँग्रेस उमेद्वार लेखकको वेदकोटस्थित घरमा वम प्रहार भएको हो।
नेपाली काँग्रेसका नेता ईश्वरी प्रशाद जोशीले अज्ञात समुहले लेखकको घरमा बम विस्फोट गराएको बताए । उनका अनुसार मोटरसाईकलमा आएका समुहले गेटबाट फालेर भागेका थिए ।
मतदातामा डर त्रास फैलाउने उदेश्यले बम विस्फोट गराएको उनको भनाई छ । घटनामा कुनै मानविय र भौतिक क्षती भने भएको छैन।
यसअघी काँग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा उम्मेदवार गगन थापामाथि घरदैलो सुरु गर्न नपाउँदै सोमबार दिउँसो बुढानीलकण्ठको चपलीमा रहेको महादेव कोलोनीको प्रवेशद्वार जनिकै बम आक्रमण भएको थियो ।
विष्फोटमा थापासहित ११ जना घाइते भएका थिए। प्रहरीले रिमोट कन्ट्रोल बम बिष्फोट गराइएको आशंका गरेको छ ।
घटनामा संलग्न भएको शंकामा प्रहरीले छानविन गर्न भन्दै ४० जनालाई पक्राउ गरेको छ ।
घटनामा संलग्न भएको शंकामा ४० जनालाई पक्राउ गरी अनुसन्धान थालेको महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले हाम्राकुरालाई बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गगन थापालाई लक्षित गरी गराएको बम विष्फोटमा संलग्नहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
उनले ट्वीट गर्दै यस्तो चेतावनी दिएका हुन् । देउवाले गृहमन्त्रालयको जिम्मेवारी पनि आफै सम्हालेका छन्।
ट्वीट गर्दै देउवाले भनेका छन्, ‘नेपाली कांग्रेस काठमाडौं–४ का उम्मेदवार गगन थापा र उनका समर्थकमाथि भएको आक्रमणको निन्दा गर्दछु ।
यो कांग्रेसविरुद्ध मात्र नभई लोकतन्त्र र जनताको मतदान अधिकारमाथिकै प्रहार हो । यस्ता कृत्यमा संलग्न हुनेलाई कडाभन्दा कडा कार्वाही गर्ने प्रतिवद्धता पुनः व्यक्त गर्दछु ।’