arrow

‘ब्याचलर’ राहुल गान्धी भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्ष

logo
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
rahul-congress-I.jpg

काठमाडौं । राहुल गान्धी भारतीय प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष हुने पक्का पक्की भएको छ । उम्मेदवारी मनोनयन गराउने समय सोमबारसम्म उनको मात्र उम्मेदवारी परेपछि राहुल अबका काँग्रेस आईका अध्यक्ष हुने भएका हुन् । 

सन् १९९८ देखि अध्यक्ष रहेकी राहुलकी आमा सोनिया गान्धीले स्वास्थ्यलगायतको कारण देखाउँदै पद छोड्न चाहेपछि राहुललाई अगाडि सारिएको हो । 

पाँच वर्षदेखि उपाध्यक्ष रहेका राहुललाई सिंगो काँग्रेस आईको अग्रपंक्तिका नेताहरुको साथ रहेको छ । 

राहुलको मनोयन प्रस्ताव लिएर पूर्व प्रधानमन्त्री मनमोहन सिंह गएका थिए । 

राहुलले पनि सबैको साथ पाए उक्त पद सम्हाल्न सक्षम हुने बताएका छन् । 

काँग्रेस आईको १३२ वर्षे इतिहासमा यो समय सबैभन्दा खराव लयमा चलिरहेको छ । 

राहुलले सिंगो पार्टीलाई हाँक्न सक्लान् कि नसक्लान् शंका छ । 

तर भगवानप्रति विश्वास राख्ने ‘ब्याचलर’ राहुलले अवश्य नरेन्द्र मोदीको एकलौटी राजलाई ढाल्न नयाँ युवा नीति लिएर आउने अनुमान धेरैको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ