arrow

रुखको फेदमा सबैलाई जुरुक्क पार्ने सत्याकृतको 'जय नेपाल' (भिडियो)

logo
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
satyakrits.JPG

काठमाडौं ।  सत्याकृत फाउण्डेसन अन्तर्गतको ‘सत्याकृत फ्यूजन रक भजन ब्याण्ड’ ले म्युजिक नेपाल मार्फत नयाँ राष्ट्रिय गीत बजारमा ल्याएको छ । ब्याण्डले नेपालको महिमा बुद्धको जन्मभूमि र दिव्यभूमिको रुपमा चिनाउँदै 'जय नेपाल' नामको राष्ट्रिय गीत बजारमा ल्याएको हो ।

करिब ५ वर्ष अघिदेखि आफ्ना प्रस्तुतिहरु प्रस्तुत गर्दै आएको ब्याण्ड विधिवत रूपमा भने एक वर्ष अघि मात्रै दर्ता भएको हो । छोटो समयमा नै देशका विभिन्न स्थानहरूमा पुगेर आफ्नो कौशल प्रस्तुत गरिसकेको ब्याण्डले अहिलेसम्म धरान, विर्तामोड, इलाम, जनकपुर, जलेश्वर, सर्लाही, नारायणघाट, चरिकोट, खाडीचौर, पोखरा, दमौली, हुँदै भारतको दार्जिलिङसम्म आफ्नो प्रस्तुति प्रस्तुत गरिसकेको छ ।

समाजमा सद्भाव र सकारात्मक उर्जा फैलियोस भन्ने उदेश्य बोकेको ब्याण्डले आध्यात्मिक गीतहरु बजारमा ल्याउने गरेको छ। ब्याण्डले संगीतका पुर्वीय, पश्चिमी, रक पप फ्युजन गीतहरु प्रस्तुत गर्दै आएको छ। ब्याण्डले सत्याकृत र सत्यश्री गरी २ वटा एल्वम बजारमा ल्यार्इसकेको छ। यो गीतको म्यूजिक भिडियो रुखैरुखको फेदमुनी छाया‌ंकन गरिएको छ भने यसले सुन्ने स्रोता र दर्शकको मन नै जुरुक्क पार्ने खालको प्रस्तुती प्रस्तुत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ