arrow

यी हुन् आफैलाई मतदान गर्न नपाउने उम्मेदवारहरु 

logo
प्रकाशित २०७४ मंसिर २० बुधबार
voting2.jpg

काठमाडौं । बिहिबार हुने प्रतिनिधि र प्रदेश सभाको दोस्रो चरणको निर्वाचनमा पनि केही त्यस्ता अभागी उम्मेदवार छन् जो आफूले आफैलाई मतदान गर्न पाउने छैनन् । तीमध्ये चर्चित अनुहारका नेता हुन् नेकपा एमालेका अध्यक्ष केपी ओली । 

ओली झापा ५ बाट प्रतिनिधिसभा उम्मेदवार उठेका छन् । तर उनी भक्तपुर सुर्यविनायक नगरपालिकाका मतदाता हुन् । 

स्थानीय तहको निर्वाचनमा ओलीले भक्तपुरबाटै मतदान गरेका थिए । यसपटक भक्तपुरमा उनका सुरक्षा कवजका रुपमा देखिएका युथ फोर्सका समेत कमाण्डर रहेका महेश बस्नेत उठेका छन् । 

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि आफूले आफैलाई मतदान गर्न पाउने छैनन् । काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका नेपालको मतदाता नामावली रौतहटमा छ । उनले पनि स्थानीय तहको निर्वाचनमा रौतहटबाट मतदान गरेका थिए । 

नेपालले आफू चार दशकदेखि काठमाडौंको यही क्षेत्रमै बस्दै आएकाले ‘म लोकल हुँ टुरिष्ट हैन’ भन्दै आएका छन् । तर ‘मतदाता नामावली नै नसारेपछि के को लोकल ? घर हुँदैमा हुन्छ ?’भनी आक्रोशसमेत पोख्ने एमालेकै कार्यकर्ताहरु छन् । 

माओवादी केन्द्रका नेताहरु पनि टुरिष्ट उम्मेदवारकै रुपमा लाखापाखा भएका छन् । आफूले आफूलाई मत दिन नपाउनेमा कृष्णबहादुर महरा, सुरेन्द्र कार्की र झक्कुप्रसाद सुवेदी पनि छन् । 

महरा दाङ–२बाट प्रतिनिधिसभा उम्मेदवार छन् । महरा रोल्पा लिवाङ नगरपालिका–१ तारा मावि केन्द्रका मतदाता हुन् । 

उनले मंसिर १० को निर्वाचनमा भाग लिन रोल्पा नै पुगेनन् । 

यस्तै झापा–१बाट उम्मेदवार बनेका कार्की  काठमाडौंका मतदाता हुन् । 

०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं २ बाट माधवकुमार नेपाललाई हराएर सनसनी मच्याएका झक्कुप्रसाद सुवेदी पनि यसपटक अझ बढी टुरिष्ट बनेका छन् । उनी काठमाडौं ६ का उम्मेदवार हुन् । सुवेदी रोल्पाका मतदाता हुन् । 

राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरदे िराजेन्द्र महतोले पनि आफूलाई भोट दिन पाउने छैनन् । 

सर्लाहीका मतदाता ठाकुर महोत्तरी–३ का उम्मेदवार हुन् । सर्लाहीकै मतदाता महतो धनुषा ३ का उम्मेदवार हुन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि मोरङका मतदाता हुन् तर उनी सप्तरी २ का उम्मेदवार हुन् । 

काँग्रेसबाट पनि आफूलाई मत हाल्न नपाउने उम्मेदवार छन् । आरजु राणा देउवा कैलाली ५ बाट उम्मेदवार बनेकी छिन् तर उनको मतदाता नामावली डडेल्धुरामा छ । 

भक्तपुर २ का कांग्रेस उम्मेदवार दमननाथ ढुंगाना काठमाडौं २ का मतदाता हुन् । मोरङ–२ का कांग्रेस उम्मेदवार डा मीनेन्द्र रिजाल मोरङ ४ का मतदाता हुन् । 

केही उम्मेदवार अझै छन् जसले आफूले आफैलाई मतदान गर्न पाउने छैनन् । 

विवेकशिल साझा पार्टीका कतिपय उम्मेदवारसमेत आफूले आफैलाई मतदान गर्न पाउने छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ