arrow

भ्रमको खेती नगरि स्वस्थ प्रतिष्पर्धामा उत्रन अर्घाखाँची काँग्रेसको आग्रह

logo
प्रकाशित २०७४ मंसिर २० बुधबार
Arghakhanchii-hamrakura.jpeg

अर्घाखाँची। नेपाली काँग्रेसका प्रतिनिधि सभा उमेदवार डाक्टर राम बहादुर बिसिको लोकप्रियता वढेसँगै उनका प्रतिष्पर्धीहरुले अनेक आरोप लगाउन थालेका छन्। मौन अवधीमा पनि उनीहरुको आरोपको सिलसिला जारी छ।  कम्युनिष्ट गठवन्धनका तर्फबाट बिसीलाई पैसा बाडेको आरोप लगाएर सामाजिक सन्जालमा दुस्प्रचार गरिएकोमा नेपाली काँग्रेसले खण्डन गरेको छ। 

आफ्ना उमेद्वार माथि लगाइएकव आरोप कपोकल्पित एवं भ्रामक भएको काँग्रेसले स्पष्ट पारेको छ। डाक्टर रामबहादुर बिसीले कहि कतै पैसा बितरण नगरेको तथा अर्घाखाँचीका आफ्ना कुनै पनि उमेदवार पैसा बाड्ने खालको नभएको समेत प्रष्ट्याएको छ। 

लोकतान्त्रिक पार्टी काँग्रेसप्रति जनताको लहर देखेर बिपक्षीहरुले गलत अफबाहा फैलाउन लागेको काँग्रेसका कार्यबाहक सभापति शान्ता भन्डारीले प्रष्ट पारेकी हुन्। 

केहि सञ्चार माध्यमले मालारानिमा काँग्रेस उमेदवार डाक्टर राम बहादुर बिसिले १ लाखपचास हजार रुपैया पैसा बितरण गरि मत किनेको भनी समाचार भ्रमपुर्ण रहेको र त्यस्ता समचारको पछाडि नलागि लोकतन्त्रको पक्षमा उभिन काँग्रेस स अर्घाखाँचीले आग्रह समेत गरेको छ। 

विपक्षीहरुले विभिन्न ठाउँमा रकम बाँडेको सूचना आफूहरुसँग रहेको काँग्रेसले जनाउँदै भ्रमको खेती नगरि स्वस्थ प्रतिष्पर्धामा उत्रन काँग्रेसले कम्युनिष्ट गठवन्धनलाई आग्रह गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ