arrow

जनकपुरमा राजेन्द्र महतो राती निस्किएपछि बबाल, पैसा बाड्न खोजेको आरोप

logo
प्रकाशित २०७४ मंसिर २० बुधबार
Rajendra-mahato-New.jpg.jpeg

जनकपुर । मौन अवधि जारी रहँदा मंगलबार राति जनकपुरको देवीचोकमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार राजेन्द्र महतो पैसा बाँड्न निस्किएपछि मध्यरातमा जनकपुरमा तनाब सृजना भएको छ । 

धनुषा ३ बाट राष्ट्रिय जनता पार्टीका प्रतिनिधि सभा उम्मेदवार रहेका राजेन्द्र महतोलाई पैसा बाँड्न रोक्न खोज्दा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप भएको छ ।

राति सवा ११ बजे भएको झडपका क्रममा कांग्रेस र राजपाका केही कार्यकर्ता सामान्य घाइते भएका छन् । 

मध्यरातमा पैसा बाँड्न महतो आफै निस्किएपछि रोकेको काँग्रेसका युवा नेता राकेशविक्रमले महतोले बताए ।

जनकपुरको संकटमोचन, बाह्रबिघा नजिकको घरमा डेरा गरी बसेका महतो आफ्ना कार्यकर्तासहित मंगलबार राति बाहिर निस्केका थिए । 

महतोलाई मंगलवार राती नै जनकपुर १६ को कपिलेश्वरमा पनि पैसा बाँड्न जाँदा कांग्रेस कार्यकर्ताहरुले रोकेका थिए । 

धनुषा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र राजपा नेता राजेन्द्र महतोबीच प्रतिस्पर्धा हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ