निर्वाचनको पूर्वसन्ध्यामा पुनर्वासमा बढ्यो असुरक्षा, मंगलबार राती एकको हत्या
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ मंसिर २० बुधबार
258
Shares
पुनर्वास । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको पूर्व सन्ध्यामा पुनर्वासमा एक ब्यक्तिको हत्या भएसँगै शान्तिसुरक्षाको खल्बलिएको छ । मंगलबार राती पुनर्वास नगरपालिका १० भिमबस्तीका ५० वर्षीय मेघसिंह धामीको बीभत्स हत्या भएसँगै पुनर्वासका सर्वसाधारण आतंकित बनेका छन् ।
छिमेकमै किर्यापुत्रीलाई कुरेर राती घर फर्कँदै गरेका धामीको घरदेखि करिब सय मिटरको दुरीमा हत्या गरिएको हो । मृतक धामीलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।
टाउकोमा गरिएको प्रहारका कारण धामीको ज्यान गएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दलराम टमाटाले बताए । हत्या किन र कस्ले गर्यो अनुसन्धान भइरहेको उनले बताए । निर्वाचनको अघिल्लो दिन धामीको शब भेटिए पछि पुनर्वास भिमबस्ती क्षेत्रका स्थानीय आतङ्कित बनेका छन् ।