arrow

सुर्खेतमा ३५ सय बढी सुरक्षाकर्मी परिचालन, २० मतदान केन्द्र अतिसंवेदनशील

logo
राजेन्द्र बिक्रम शाही,
प्रकाशित २०७४ मंसिर २० बुधबार
nepal-army-1.jpeg

सुर्खेत । बिहिबार हुने निर्वाचनका लागी सुर्खेतमा ३५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनलाई स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागी नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी र म्यादी प्रहरी गरेर ३५ सय बढी सुरक्षाकर्मि परिचालन गरीएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

यस्तै सुर्खेतका २० वटा मतदान केन्द्रलाई अति सम्बेदनशिल सुचिमा राखेर सुरक्षा सर्तकर्ता बढाईएको प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले जानकारी दिए । ८५ वटा मतदान केन्द्रलाई संवेदनशिल सुचिमा राखेर सुरक्षालाई बलियो बनाएको उनले बताए ।

भौगोलिक बिकटता,सुरक्षा खतरा,बिगतको घटनाक्रमलाई अनुसन्धान गरेर मतदान केन्द्रलाई संबेदनशिल र अति संवेदनशिल सुचिमा राखिएको प्रशासन कार्यालयले जनाएको छ । नर्वाचनमा हुन सक्ने अवाञ्छित गतिबिधि नियन्त्रणका लागी सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ