पशुपंक्षी विकास मन्त्री श्रेष्ठ भन्छन जनतामा भ्रम छर्नेहरु हार्नेछन
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
332
Shares
सर्लाही। सर्लाही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार एवं पशुपन्छी बिकास मन्त्री शम्भुलाल श्रेष्ठले काठमाडौंबाट प्रकाशन हुने एक समाचार पोर्टलबाट प्रकाशन भएको भ्रामक समाचारको खण्डन गर्दै त्यसमा कुनै सत्यता नरहेको प्रष्ट पारेका छन्।
श्रेष्ठले एक प्रेस बिज्ञप्ती निकाली आफ्नो जित सुनिस्चित रहेको देखेपछि डराएका कम्युनिष्ट गठवन्धनले षडयन्त्रपूर्वक जालझेल गरेर जनतालाई झुक्याउन खोजेको प्रतिक्रिया दिएका छन्।
सर्लाहीको क्षेत्र नं १ मा आफुले कसैलाई समर्थन गर्नुपर्ने कारण नभएको र यो कल्पना पनि गर्न सकिन्न श्रेष्ठले प्रष्ट पारेका छन्।
आफु सधै जनताको पक्षमा काम गर्ने मानिस रहेको र जनताकै माझमा बिगत ३० वर्षदेखि राजनीतिक गरेकोले यस्ता भ्रामक समाचार आउदैमा भ्रममा नपर्न आम मतदातालाई अपिल गर्दछु उनले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
राजनीतिक संस्कार भएकाले यस्ता खाल्का भ्रामक गतिबिधी गर्नै नसक्ने उल्लेख गर्दै उनले सर्लाही क्षेत्र नं १ का जनतालाई आफुले राम्रोसँग चिनेको र भ्रमको खेती गरेर मत प्रभावित पार्न खोज्नेलाई जनताले पराजीत गर्नेमा आफु बिस्वस्त रहेको बताए।
साथै भ्रमपूर्ण समाचार प्रकाशन गर्ने संस्थाप्रति मन्त्री श्रेष्ठले खेद प्रकट गरेका छन् ।