वरिष्ठ नेता पौडेलले सत्यबती केन्द्रबाट गरे मतदान, के भने ?
उपेन्द्र खनाल
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
661
Shares
तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् । तनहुँको क्षेत्र नम्बर १ प्रतिनिधि सभा उम्मेद्वार पौडेलले तनहुँको दमौली स्थित सत्यबती केन्द्रबाट भोट हालेका हुन् ।
उनले सत्यबती केन्द्रबाट सबैभन्दा पहिले मत हालेर सुभारम्भ गरेका हुन् ।
पौडेलले मतदानपछि ७० वर्षदेखिको लोकतान्त्रिक आन्दोलन, संविधान कार्यान्वयन, लोकतन्त्रलाई संस्थागत गर्नका लागि यो निर्वाचन भइरहेको भन्दै सबैलाई मतदानका लागि अपिल गरेका छन् ।
यसले मुलुकलाई अग्रगतिमा लग्ने विश्वाससमेत उनले गरेका छन् ।
उनले आफ्ना मतदाताप्रति पूर्ण विश्वस्त भएको समेत बताएका छन् ।