arrow

राजन भट्टराईले गरे सरकारी गाडी दुरुपयोग, मेयरको गाडीमा मतदाता ओसारपसार

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
budhanilkantha_mayor_gadi.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजन भट्टराईले सरकारी गाडी दुरुपयोग गरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

बुढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेलको सरकारी नम्बर प्लेटको कारमा भटाभट मतदाताहरु बोकेको भेटेपछि अहिले सो गाडीमाथि सशस्त्र प्रहरीले पनि निगरानी बढाएको छ । अनुगमनको नाममा भटाभट कार्यकर्ता ओसार्न सरकारी गाडी प्रयोग गरेको भेटेपछि स्थानीय आक्रोशित बनेका हुन् । 

बा २ झ १६११ नम्बरको गाडी खरेलले प्रयोग गर्ने गाडी हो । तस्वीरमा देखाईएको गाडी स्थानीय र सशस्त्र प्रहरीले रोकेर केरकार गर्दैगर्दाको हो । प्रहरीले कार्यकर्ता ओसारेको भनेर बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा पर्ने गाम्टा भन्ने ठाउँमा रोकिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ