काठमाडौं । भक्तपुरको बालकोटमा कांग्रेस नेता विष्णु कार्कीको घरमा तोडफोड भएको छ।
रोजभिलेजमा रहेको उनको घर लगायत केही घरमा पनि ढुंगामुढा भएपछि झडपसमेत भएको थियो। कार्की भक्तपुर क्षेत्र नम्बर २ मा कांग्रेस निर्वाचन प्रचार समितिका संयोजकसमेत हुन्।
वाम गठबन्धनको टोलीले आफ्नो घरमा आक्रमण गरेको कार्कीले बताए। आक्रमणमा परी तीन जना घाइते भएका छन्। घाइतेको उपचार भइरहेको उनले जानकारी दिए।