arrow

मेयर विद्यासुन्दरद्वारा ध्यान गोविन्द रञ्जितका छोरामाथि हातपात 

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
bidhya-sundar-shakya-CPN-UML-ktm.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले आफ्ना सहयोगीहरुको सहयोगमा काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं ९ का उम्मेदवार ध्यान गोविन्द रञ्जितका छोरामाथि हातपात गरेका छन् । 

बिहीबार काडमाडौंको लगन टोलमा काठमाडौं महानगरपालिकाका २१ नम्बर वडाका वडाध्यक्ष उदय चुडामणि बज्राचार्यले स्वतन्त्र उम्मेदवारको प्रोक्सी प्रतिनिधिको रुपमा फर्जी प्रतिनिधि बनेर गएको अवस्थामा भेटिएको थियो । उनलाई सो विषयमा कुन् उम्मेदवारको प्रतिनिधि हुन् ? भनेर प्रश्न गर्दा उनी त्यहाँबाट बाहिरिएका थिए । पछि उनले मेयर र उनका सुरक्षाकर्मीहरुको समेत सहयोग मागेर उम्मेदवार रञ्जितका छोरामाथि हातपात गरेका थिए । 

लगनटोल महानगरपालिकाका मेयर शाक्यको घर रहेको ठाउँ हो । उनले स्थानीय जनप्रतिनिधिको अख्तियारीको चरम दुरुपयोग गरेर अन्य काँग्रेस कार्यकर्तामाथि समेत हातपात गरेका थिए । वडाध्यक्ष बज्राचार्यले प्रोक्सीको उत्तर दिन नसकेर बाहिरिएको आधा घण्टापछि मेयर र मेयरका सुरक्षाकर्मीहरु समेत त्यहाँ आएर काँग्रेस कार्यकर्तामाथि आक्रमण गरेका छन् । यस विषयमा आफूहरुले निर्वाचन आयोगमा पनि उजुरी दिईसकेको काँग्रेस कार्यकर्ताहरुले जनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ