arrow

धादिङमा भूमिको भन्दा विश्वको मत आधा 

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
dhading_district_map.png

काठमाडौं । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाम गठबन्धनका तर्फबाट भूमि त्रिपाठीले अग्रता कायम गरेका छन् । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ का उम्मेदवार त्रिपाठीको १२ सय ४० मत आउँदा लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका विश्व अर्यालको मत ६ सय ९५ आएकोछ । 

त्यस्तै, प्रदेश सभा तर्फ वाम गठबन्धनका राजेन्द्रप्रसाद पाण्डेको ४ सय ६ मत आउँदा लोकतान्त्रिक गठबन्धन मधु श्रेष्ठको १ सय ७२ मत आएको छ । प्रदेशसभा ख मा वाम गठबन्धनका शालिग्राम जम्मरकट्टेलको १८ सय ८७ मत आउँदा लोकतान्त्रिक गठबन्धनका प्रभातकिरण सुबेदीको ११ सय १० मत आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ