मुख्य निर्वाचन अधिकारीको अगाडि एमाले नेताहरुले गरे पत्रकारमाथि आक्रमण प्रयास
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
554
Shares
काठमाडौं । मनाङमा निर्वाचनको समाचारका विषयमा पत्रकारमाथि दूव्र्यवहार हुँदा पनि निर्वाचन अधिकारी मुकदर्शक बनेका छन् । केही दिन अघि आचारसंहिता विपरित काम गरेको विषयमा पत्रकार नविन लामिछानेले लेखेको समाचारको विषयमा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार, गाउँपालिका प्रमुख लगायतका एमालेका नेताहरुले दूव्र्यवहार गर्दा पनि मुख्य निर्वाचन अधिकारी मुकदर्शक बनेका हुन् ।
मनाङको मुख्य निर्वाचन अधिकृतको कार्यलय भित्र फेरि पनि पत्रकार माथि दूर्व्यवहार र आक्रमणको प्रयास हुँदा पनि मुख्य निर्वाचन अधिकारी दिपक ढकाल मुकदर्शक बनेर बसेका हुन् । रिपोर्टिङको लागि पास लिन जाने क्रममा एमाले प्रतिनिधि सभाका उम्मेदवार स्वयमले लामिछानेमाथि आक्रमणको प्रयास गरेका थिए ।