arrow

३७ निर्वाचन क्षेत्रको अपडेट : मध्यरातमा सूर्य चम्कियो (सूची सहित)

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
pratinidhi_shaa.JPG

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो चरणमा भएको निर्वाचनको सबै ठाउँको प्रारम्भिक मत परिणाम आउन थालेको छ । जस अन्तर्गत्बाम गठबन्धनका उम्मेदवारहरु भारी मतले अगाडि देखिएका छन् ।

प्रारम्भिक मत परिणाम अनुसार काँग्रेस मतको अवस्था निकै पछाडि देखिएको छ भने बाम गठबन्धनका उम्मेदवारहरु निकै अगाडि देखिएका छन् । राती १२ बजेसम्मको ताजा मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवारहरु निकै अगाडि छन् । कूल ३७ क्षेत्रमा भएको चुनावमा एमालेका १७ जना उम्मेदवारहरुले अग्रता हाँसिल गरेका छन् भने माओवादीका १४ जना उम्मेदवारहरुले अग्रता हाँसिल गरेका छन् । 

काँग्रेसको भने जम्मा ६ जना उम्मेदवारहरु अगाडि देखिएका छन् । हाम्राकुरा डटकमको निर्वाचन विशेष प्रस्तुतिमा प्रस्तुत गरिएको १२ बजेसम्मको मत परिणाम अनुसार अग्रता लिएका उम्मेदवारहरुको नामवली तल प्रस्तुत गरिएको छ । 

ताप्लेजुङ:-क्षेत्र नं. १ योगेश कुमार भट्टराई (२,७०४) एमाले
पाँचथर:-क्षेत्र नं. १ वसन्त कुमार नेम्वाङ्ग (१,४२१) एमाले
स‌खुवासभा:-क्षेत्र नं. १ दिपक खड्का (४१६) कांग्रेस
भोजपुर:-क्षेत्र नं. १ सुदन किराती (१,२३३) माओवादी केन्द्र
सोलुखुम्बु:-क्षेत्र नं. १ हेम कुमार राई (१,६००) माओवादी केन्द्र
खोटाङ:-क्षेत्र नं. १ विशाल भट्टराई (१,५३०) एमाले
ओखलढुङ्गा:-क्षेत्र नं. १ यज्ञ राज सुनुवार (३,८२२) एमाले
बाजुरा:-क्षेत्र नं. १ कवि राज पण्डित (१,३९४) कांग्रेस
बझाङ्ग:-क्षेत्र नं. १ भैरव बहादुर सिंह (६,४२५) एमाले
दार्चुला:-क्षेत्र नं. १ बिक्रम सिंह धामी (३,१९९) कांग्रेस
बैतडी:-क्षेत्र नं. १ दामोदर भण्डारी (१,८६९) एमाले
डोल्पा:-क्षेत्र नं. १ धन बहादुर बुढा (८४२) एमाले
मुगु:-क्षेत्र नं. १ गोपाल बहादुर बम (१,६५७) एमाले
जुम्ला:-क्षेत्र नं. १ गजेन्द्र बहादुर महत (८७४) माओवादी केन्द्र
कालिकोट:-क्षेत्र नं. १ दुर्ग बहादुर रावत (३७९) माओवादी केन्द्र
हुम्ला :-क्षेत्र नं. १ छिमी दोर्ची लामा (२५६) माओवादी केन्द्र
जाजरकोट:-क्षेत्र नं. १ शक्ति बहादुर वस्नेत (२,३१८) माओवादी केन्द्र
रुकुम ६ :-क्षेत्र नं. १ जनार्दन शर्मा (२,५६४) माओवादी केन्द्र
रुकुम:-क्षेत्र नं. १ कमला रोका (४,७८०) माओवादी केन्द्र
रोल्पा:-क्षेत्र नं. १ बर्षमान पुन (६९६) माओवादी केन्द्र
गोरखा:-क्षेत्र नं. १ हरि राज अधिकारी (३५१) माओवादी केन्द्र
गोरखा:-क्षेत्र नं. २ नारायण काजी श्रेष्‍ठ (१,८२४) माओवादी केन्द्र
मनाङ:-क्षेत्र नं. १ पोल्देन छोपाङ गुरुङ्ग (१,०९६) एमाले
लम्जुङ्ग:-क्षेत्र नं. १ दिल बहादुर घर्ती (१,५७३) कांग्रेस
मुस्ताङ्ग:-क्षेत्र नं. १ प्रेम प्रसाद तुलाचन (१,८२४) एमाले
म्याग्दी:-क्षेत्र नं. १ भुपेन्द्र बहादुर थापा (४,३४२) एमाले
बाग्लुङ:-क्षेत्र नं. १ सुर्य प्रसाद पाठक (१,५७१) एमाले
बाग्लुङ:-क्षेत्र नं. २ देवेन्द्र पौडेल (९२१) माओवादी केन्द्र
दोलखा:-क्षेत्र नं. १ पार्वत गुरुङ (१,३४५) एमाले
रामेछाप:-क्षेत्र नं. १ श्याम कुमार श्रेष्‍ठ (५९६) माओवादी केन्द्र
रसुवा:-क्षेत्र नं. १ मोहन आचार्य (१,२७८) कांग्रेस
धादिङ:-क्षेत्र नं. १ भुमि प्रसाद त्रिपाठी (१,२४०) एमाले
धादिङ:-क्षेत्र नं. २ खेम प्रसाद लोहनी (१,०७३) एमाले
नुवाकोट:-क्षेत्र नं. १ डा.राम शरण महत (१,४११) कांग्रेस
नुवाकोट:-क्षेत्र नं. २ नारायण प्रसाद खतिवडा (८९८) एमाले
सिन्धुपाल्चोक:-क्षेत्र नं. १ अग्नि प्रसाद सापकोटा (२,०७८) माओवादी केन्द्र
सिन्धुपाल्चोक:-क्षेत्र नं. २ शेर बहादुर तामाङग (१,६६९) एमाले



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ