३७ निर्वाचन क्षेत्रको अपडेट : मध्यरातमा सूर्य चम्कियो (सूची सहित)
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
1k
Shares
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो चरणमा भएको निर्वाचनको सबै ठाउँको प्रारम्भिक मत परिणाम आउन थालेको छ । जस अन्तर्गत्बाम गठबन्धनका उम्मेदवारहरु भारी मतले अगाडि देखिएका छन् ।
प्रारम्भिक मत परिणाम अनुसार काँग्रेस मतको अवस्था निकै पछाडि देखिएको छ भने बाम गठबन्धनका उम्मेदवारहरु निकै अगाडि देखिएका छन् । राती १२ बजेसम्मको ताजा मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवारहरु निकै अगाडि छन् । कूल ३७ क्षेत्रमा भएको चुनावमा एमालेका १७ जना उम्मेदवारहरुले अग्रता हाँसिल गरेका छन् भने माओवादीका १४ जना उम्मेदवारहरुले अग्रता हाँसिल गरेका छन् ।
काँग्रेसको भने जम्मा ६ जना उम्मेदवारहरु अगाडि देखिएका छन् । हाम्राकुरा डटकमको निर्वाचन विशेष प्रस्तुतिमा प्रस्तुत गरिएको १२ बजेसम्मको मत परिणाम अनुसार अग्रता लिएका उम्मेदवारहरुको नामवली तल प्रस्तुत गरिएको छ ।