काँग्रेसले प्रदेशतर्फ खाता खोल्यो, दिपक मनाङे पनि प्रदेश सभा सांसद्
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
828
Shares
काठमाडौं । मनाङको दुई वटा प्रदेश भा सदस्यको लागि भएको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
शुक्रबार विहान सार्वजनिक भएको मतपरिणामका अनुसार मनाङ प्रदेश क मा कांग्रेसका चिन्तबहादुर घले बिजयी भएका हुन् । घलेले ९ सय ९८ मत ल्याए ।
त्यस्तै, प्रदेश सभा तर्फको ख मा एमाले र माओवादीको समर्थनमा उम्मेदवार बनेका राजीव गुरुङ उर्फ दीपक मनाङे प्रदेश सभा सांसदमा विजयी भएका छन्। उनले १४ सय १० मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी काँग्रेसका कर्म गुरुङको एक हजार २०मत आएको छ ।