arrow

बसको ठक्करबाट दुईजनाको मृत्यु, चालक नियन्त्रणमा

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
accident-final.jpeg

रत्ननगर । चितवनको रत्ननगरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३१६६ नंको बसले सोही दिशातर्फ जाँदै गरेको ना ४० प ९९१० नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो । 

बिहिबार राति करिव ११ बजेको समयमा रत्ननगरको टिकौलीस्थित पेट्रोल पम्पअगाडि भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का करिब २६ वर्षीय शंकर भण्डारी रहेको प्रहरीले जनाएको छ । 

अर्का एकजनाको भने सनाखत हुन सकेको छैन । 

उनीहरुको राति नै उपचारका लागि चितवन मेडिकल कलेज लगिएकामा तत्कालै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । 

शव अहिले चितवन मेडिकल कलेजमै राखिएको छ । 

बस र त्यसका चालक भने इलाका प्रहरी कार्यालय, रत्ननगरको नियन्त्रणमा रहेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ