arrow

प्रचण्डलार्इ छाडेर चितवनमा विक्रम पाण्डे अगाडि 

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
prachanda_bikram.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन तर्फ चितवन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डे अगाडी देखिएका छन् ।

शुक्रबार साँझसम्मको मत गणना अनुसार चितवन क्षेत्र नम्बर ३ को प्रारम्भिक मतपरिणाम अनुसार राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे अगाडि रहेका हुन् । 

एक हजार मत गन्दा पाण्डेको ५ सय ५१ मत आएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाममा ३ सय ८३ मत आएको छ ।

प्रारम्भिक मत परिणाम अनुसार पाण्डे प्रचण्ड भन्दा १६८ मतले अघी देखिएका छन्। 

चितवन क्षेत्र नम्बर ३ मा १ लाख २५ हजार ८२३ मतदाता छन् । दाहाल र पाण्डेसहित १४ जना उमेदवार चुनावी मैदानमा छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ