arrow

गगन र राजनबीच कडा टक्कर

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
gagan-rajan.png

काठमाडौं। काठमाडौं ४ मा काँग्रेस नेता गगन थापा र एमाले उमेद्वार राजन भट्टराई बीच कडा टक्कर देखिएको छ। शुरुमा भट्टराईले अग्रता लिएपनि साँझतिर आइपुग्दा कडा टक्कर देखिएको हो। 

गगनले ६ हजार ४ सय ५० मत ल्याउँदा राजनले ६ हजार ३ सय ७७ मत ल्याएका छन्। साँझ सवा सात वजे प्राप्त मतको जानकारी अनुसार गगन थापा ७३ मतले अगाडी देखिएका छन्।

वुढानिलकण्ठ नगरपालिका वडा नम्वर १०, ११ र १२को मत गन्दा यो परिणाम आएको हो। साविकको कपन र चुनिखेल रहेको यो क्षेत्रको मत गन्ने काम भइरहेको छ। 

राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ।

वुढानिलकण्ठकै विभिन्न वडाको पनि मतगणना भइरहेको छ। 

कामपाको वडाहरुमा मतगणना हुन वाँकी रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ