arrow

काठमाडौं क्षेत्र नं ५ र ७ मा मतगणना स्थगित, कर्मचारी लागे घरतिर

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
matgadana.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत् बिहीबार भएको काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं ५ र ७ मा मतगणना स्थगित भएको छ । शुक्रबार मध्यरातसम्म चलेको मतगणना कार्यका क्रममा मुचुल्कामा उल्लेख गरिएको भन्दा बढी मतपत्र भेटिएपछि विवाद सुरु भएको थियो । 

जस अन्तर्गत् काठमाडौं ५ मा शुक्रबार साँझ नै मतगणना स्थगित भएको थियो। मुख्य निर्वाचन अधिकारी समेतको उपस्थितीमा विवाद मिलाउने प्रयास गरिएपनि विवाद नमिलेपछि मतगणना स्थगित भएको हो । 

त्यस्तै, क्षेत्र नं ७ मा पनि सोही समस्या देखिएपछि निर्वाचन स्थगित भएको हो । काठमाडौं निर्वाचन क्षेत्र नं ५ र ७ को मत गणना स्थल सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा अहिले सुरक्षाघेराभित्र मतपेटिका राखेर कर्मचारीहरु पनि आ आफ्नो सुरमा हिँडिसकेका छन् । अहिले मतगणना केन्द्रमा कोही पनि कर्मचारीहरु भेटिँदैनन् भने निर्वाचन अधिकारीहरुसँग पनि सम्पर्क हुन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ