-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
निकटतम प्रतिष्पर्धीसँग शुरुवातमा पछाडी परेपनि पछि लय सम्हालेका गगनले १५ हजार ५३ मत प्राप्त गरि अगाडी बढेका छन्।
थापाका निकटतम् प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले १४ हजार १ मत प्राप्त गरेका छन् ।
वुढानिलकण्ठ नगरपालिकाको मतगणना सकेर काठमाडौं महानगरपालिकामा मतगणना प्रवेश गरेसँगै थापाको अग्रता फराकिलो भएको हो।
महानगरपालिकाका ४ वडा मध्ये वडा नम्वर ७ को मतगणना सकिएको छ। अब ८, ३० र १ को मतगणना गन्न बाँकी रहेको बताइएको छ।
काठमाडौं ४को यो चुनावलाई धेरैले महत्वका साथ हेरेका छन्।