arrow

मतगणनाप्रति प्रकाशशरणको व्यापक असन्तुष्टि

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
prakash-new-mukharji.jpeg

काठमाडौं । काठमाडौं क्षेत्र नं ५ मा आफूहरुको सहभागिताविना निर्वाचन अधिकारीले जवर्जस्ती गरेको मतगणनाप्रति नेपाली काँग्रेसका नेता प्रकाशशरण महतले व्यापक असन्तुष्टि व्यक्त गरेका छन् । उनले निर्वाचन अधिकृतले आफूहरुको सहभागिता विना नै यस्तो मतगणना जारी राखेको र सो विषयमा माथिल्ला निकायमा गुनासो गर्दा निर्वाचन आयोगले समेत यसमा चासो नदेआएको गुनासो गरेका छन् । 

महतले आफ्नो क्षेत्रको निर्वाचनको क्रममा मतदान अधिकृतको मिलेमतो श्रृखलाबद्ध धाँधली भएको र यसका विरुद्ध आवाज उठाउँदा मतगणनास्थलबाट आफ्ना प्रतिनिधिहरुलाई निष्काशन गरिएको आरोप लगाएका छन्।

कांग्रेस नेता डा।महतले आफ्ना प्रतिनिधिहरुको अनुपस्थितिमा नै निर्वाचन अधिकृतले मतगणना जारी राखेको बताएका छन् । “मेरो क्षेत्रका केही मतदान केन्द्रमा मुचुल्का गरिएका भन्दा बढी मत भेटिएका थिए, त्यसको सम्बन्धमा छलफलबाट समाधान निकालियो”, डा। महतले भने,“ तर मतगणना कै क्रममा हाम्रा प्रतिनिधिहरुले केही मतपत्रहरुमा भएको मतदान अधिकृतको हस्ताक्षर उनको सक्कली हस्ताक्षरसँग नमिलेको भटेपछि  त्यसको आवाज उठाउँदै नक्कली हस्ताक्षर भएका मतपत्र वदर गरी पुन मतगणनाको  माग राख्नुभयो, त्यो राखेपछि उहाँहरुले हाम्रा प्रतिनिधिहरुलाई निष्काशन गरेर मतगणना जारी राख्नुभएको छ ।”

नेता डा। महतले सो जानकारी पाएपछि आफू गएर मतदान अधिकृतसंग पुन गणनाको माग गरेको तर उहाँबाट सुनुवाई नभएको र नसक्ने जानकारी पाएर फर्केको बताएका छन्। कांग्रेस नेता डा। प्रकाशशरण महतका अनुसार मतदानमा खटिएका कर्मचारीहरुको मिलेमतोमा यस्तो सुनियोजित ढंगले धाँधली भएको छ । यो प्रवृत्ति एमाले समर्थक कर्मचारी खटिएको बुथबुथमा देखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ