arrow

कम्युनिष्ट गठबन्धनका सूत्रधार बामदेव नै हारनजिक

अर्का सूत्रधार नारायणकाजी गोरखामा भइसके पराजित

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
bamdev_g.JPG

बर्दिया । निर्वाचनका लागि कम्युनिष्ट गठबन्धनका लागि सूत्रधारको भुमिका खेलेका नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम प्रतिनिधि सभा निर्वाचनमै हारनजिक पुगेका छन् । 

बर्दिया क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका बामदेव गौतमलाई नेपाली काँग्रेसका संजय कुमार गौतमले पछाडि धकेलेका हुन् । 

७० प्रतिशत भन्दा बढी मत गणना हुँदा बामदेव २८ सय भन्दा बढी मतले पछाडि परेका छन् । 

संजयको ३५ हजार ६ सय ६९ मत रहेको छ भने बामदेवको ३२ हजार ८ सय १० मत रहेको छ । 

नेकपा माओवादी केन्द्रसंग गठबन्धन गर्नका लागि बामदेवले नै महत्वपूर्ण भुमिका खेलेका थिए । 

मुख्य योजनाकार भएकैले पनि कम्युनिष्ट गठबन्धनले जितेमा बामदेव नै प्रधानमन्त्री बन्छन् भन्ने अड्कल रहँदै आएको थियो । 

अझै मत गन्न बाँकी रहेकाले फेरि पनि बामदेवले संजयमाथि अग्रता जमाउलान् त भन्ने झिनो आशा वाँकी रहेपनि वामदे्वको कमव्याक हुन गाह्रो रहेको स्थानिय संवाददाताहरुले जनाएका छन्। 

कम्युनिष्ट गठवन्धनका अर्का सूत्रधार मानिएका माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ गोरखामा पराजित भइसकेका छन। उनलाई लोकतान्त्र गठवन्धन अन्तर्गतको नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले पराजित गरेका हुन्। 

यि दुई नेतामध्ये एकको हार र एक हारतिर उन्मुख हुनुले वाम गठवन्धनभित्र खैलावैला मचिएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ