arrow

मध्यरात सुनसरी तर्फ दृष्टि : गच्छदार 'सेफ साईड'को बाटोमा 

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
Bijay-Kumar-Gachhadar.jpg.jpeg

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत् दोस्रो चरणमा भएको सुनसरी जिल्लाको क्षेत्र नं ३ को पछिल्लो मत परिणाम अनुसार पनि काँग्रेसका विजय कुमार गच्छदार भन्दा एमालेकी भगवती चौधरी नै अगाडि देखिएकी छिन् ।  

मध्यरातमा आएको निर्वाचनको पछिल्लो अपडेट अनुसार एमालेकी चौधरीले २४ हजार ६५४ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले २३  हजार ८३७ मत प्राप्त गरेका छन् 

पछिल्लो मत अपडेट अनुसार विजय गच्छदारले आफ्नो मतान्तर व्यापक रुपमा कम गरेका छन् । उनले अहिले जम्मा मतान्तर ८ सय १७ मा मात्रै सीमित गराईदिएका छन् । अहिले ५३ हजार ४ सय ४४ मत गनेर सकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ