arrow

देवेन्द्रराज कण्डेललाई रोक्न सकेन कम्युनिष्ट गठबन्धनले 

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
devendra-raj-kandel.jpg

नवलपरासी । कम्युनिष्ट गठबन्धनले भरपूर प्रयास गरे पनि नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम २ बाट नेपाली काँग्रेसका उम्मेदवार देवेन्द्रराज कण्डेललाई रोक्न सकेन । 

कण्डेल ३४ हजार १३० मत प्राप्त गरी विजयी भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका घनश्याम यादवले २३ हजार ८९८ मत प्राप्त गरे । 

कण्डेलले यादवसँग १० हजार २३२ मतअन्तरले विजयी बनेका हुन् । 
 
नवलपरासी (बर्दघाट सुस्ता) पूर्व १ बाट नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला ३४ हजार ७८४ मतका साथ विजयी बने ।  

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३० हजार ५२३ मत प्राप्त गरेका थिए ।  

यसैबीच नवलपरासी (बर्दघाट सुस्ता) पूर्व २ बाट नेकपा एमालेका उम्मेदवार तिलक महतले ३९ हजार ५३ मत प्राप्त गरी विजयी बनेका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विष्णु काकीले ३७ हजार ७२० मत प्राप्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ