arrow

चितवन १ मा पाण्डे विजयी, चितवन ३ मा पाण्डे हारनजिक 

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
Chitwan_District-2017.png

चितवन । जिल्लामा जारी मतगणनाको सोमबार बिहान जारी अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा नेकपा एमालेका सुरेन्द्र पाण्डे विजयी भएका छन् । 

पाण्डेले ५१ हजार ८० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले ३५ हजार ३६० मत प्राप्त गरेका छन् । 

पाण्डेले १५ हजार ७२० मतान्तरले बुर्लाकोटीलाई पराजित गरेका हुन् । 

सो क्षेत्रमा ८९ हजार ७४६ मत खसेको थियो । 

यस्तै चितवन क्षेत्र नम्बर ३ को प्रदेशसभामा दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

चितवन क्षेत्र न ३ प्रदेशसभा का मा एमालेका तर्फबाट उम्मेदवार रहनुभएका कृष्ण भूर्तेल दुई हजार ४६ मत अन्तरले विजयी भएका हुन् । 

उनले २३ हजार ४११ मत प्राप्त गर्दा उनका निकतटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिनेश कोइरालाले २१ हजार ३६५ मत प्राप्त गरे । 

यस्तै प्रदेशसभा ख मा माओवादी केन्द्रका रामलाल महतो विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई नौ हजार ११६ मतले पराजित गरेका छन् । 

महतोले २५ हजार ६१ मत प्राप्त गरे भने नेपाली काँग्रेसका उम्मेदवार साजककुमार महतोले १५ हजार ९४ मत प्राप्त गरेका थिए । 

मतअन्तर बढाउँदै प्रचण्ड
चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतअन्तर बढाउँदै गएका छन् । 

उनले अहिलेसम्म गणना भएको ६८ हजार ५९२ मतमध्ये ३६ हजार ५७७ प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले २७ हजार १११ मत प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ