- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सुनसरी। सुनसरी क्षेत्र नम्वर ३मा प्रारम्भिक गणनादेखि नै पछि परेका काँग्रेस नेता विजय गच्छदार अब भने अघि आएका छन्।
उनले आफ्ना प्रत्यासीलाई पछि छोडेका छन्। ३२ मतले मात्र प्रत्यासी भन्दा अघी देखिएका गच्छदार अब बाँकी करिव २० हजार मत गन्दा राम्रो मतान्तरले जीत्नेमा कार्यकर्ताहरु आशावादी छन्।
गच्छदारका प्रत्यासी एमालेकी उमेद्वार भगवती चौधरीले २७ हजार ७ सय १२ मत ल्याउँदा उनले २७ हजार ७ सय ४४ मत ल्याएका छन्।
गन्न बाँकी रहेको २० हजार मत गच्छदारको प्रभाव क्षेत्रतिर रहेको स्थानिय पत्रकार चेतन धमलाले जानकारी दिएका छन्।
सुनसरीमा काँग्रेसले प्रतिनिधि सभाका ४ सीट मध्ये एक सीट संघीय फोरमलाई छोडेर ३ सीटमा उमेद्वारी दिएको थियो।
सुनसरी ४ मा काँग्रेसका ज्ञानेन्द्र कार्की विजयी भइसकेका छन्। सुनसरी दुईमा पनि काँग्रेसका सिताराम मेहता निर्वाचित भएका छन्। ३ मा गच्छेदार विजयी हुने आश गरिएका छन्।
गच्छदार पनि विजयी भए सुनसरीमा प्रतिनिधि सभामा काँग्रेसको शत प्रतिशत परिणाम आउने देखिएको मिडिया सेन्टर इटहरीका संयोजक समेत रहेका धमलाले जानकारी दिए।