arrow

विजयोत्सवमा पनि हाँस्न सकिनन् बिना मगर 

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ मंसिर २५ सोमबार
bina_magar.jpg

कञ्चनपुर । कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरले विजयी हुँदै बिना मगरले प्रत्यक्ष निर्वाचन जितेर केन्द्रीय संसदमा पुगे पनि बिना मगरले हास्न सकिनन् कारण उनी पति वियोगको पीडामा छिन् । १० वर्षे जनयुद्ध, माओवादी आन्दोलन हुँदै सांसदमा निर्वाचित भएपनि पति साथमा नहुदा उनले यो ऐतिहासिक विजयलाई  समेत हर्षका साथ मनाउन पाइनन् । १० वर्षे जनयुद्धको पीडालाई जनमतले महलम लगाए पनि पतिको अकाल मृत्युले उनको घाउ आलो बनाइ दिएको छ । 

निर्वाचन प्रचारकै क्रममा रहेका बेला मंसिर ३ गते पति प्रकाश दाहालको मृत्युले पतिशोकमा परेकी बिना मगर विक्षिप्त भएकी थिइन् । तर, आफूलाई सम्हाल्दै बिना मगर १ हप्तापछि पुनः चुनावी प्रचारप्रसारमा सहभागी भइन् । बिना मगरले पतिशोकका बेला धित मरुञ्जेल रुन पनि नपाई चुनाव प्रचारमा होमिनुप¥यो । जन्मभूमिको सेवा गर्ने दृढ संकल्पले बिना मगरलाई चुनावी प्रचारमा होमिन सहयोग ग¥यो । बिना मगरलाई प्राप्त दोब्बर भएको मतले उनीप्रति अधिकांश मतदाताले भरोसा र अपेक्षा गरेको प्रमाणित छ । त्यो अपेक्षालाई पूरा गर्नुपर्ने र कञ्चनपुरको दुर्गम दक्षिणी क्षेत्रमा तीब्र विकास गर्नुपर्ने चुुनौति बिना मगरका सामुन्ने रहेको छ ।

प्रदेश नम्बर ७ कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार बिना मगर निकटतम प्रतिद्वन्द्वीभन्दा झण्डै दोब्बर मतान्तरले विजयी भएकी छन् । बिना मगरले ३८ हजार ४ सय ६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिनाले दिवानभन्दा १९ हजार २ सय ४८ बढी मत पाएकी छन् ।

विजेताको प्रमाण पत्र बुझ्दै जनताको दिएको मतको कदर गर्दै दक्षिणी क्षेत्रको आर्थिक विकास गर्ने उद्घोष गरेकी छिन् । सोमबार निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले प्रतिनिधी सभा सदस्य निर्वाचित प्रमाण पत्र हस्तान्तरण गर्दै बिनालाई निर्वाचित भएको घोषणा गरेका हुन्  ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै बिना मगर कञ्चनपुरबाट केन्द्रीय संसदमा प्रत्यक्ष निर्वाचित भएर पुग्ने पहिलो महिला बनेकी छन् । यसपालिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम अर्थात् ७ नम्बर प्रदेशबाट निर्वाचित हुने एक मात्र महिला बन्ने भएकी छन् । 
बिना मगर विजयी भएको क्षेत्रबाट प्रदेशसभा १ बाट तारालामा तामाङ र प्रदेशसभा २ बाट कुलवीर चौधरी विजयी भएका छन् । कञ्चनपुरको १ नम्बर क्षेत्रमा वाम गठबन्धनले सानदार जीत हात पारेको छ ।

पार्टी राजनीतिमा प्रवेश गरेपछि बिना मगरले आफ्नो जन्मभूमि कञ्चनपुरबाटै पार्टी राजनीति गर्ने निर्णय गरिन् । बाल्यकालमा जन्मभूमिमा देखेको अभाव र समस्याले बिना मगरलाई कञ्चनपुरको दक्षिणी क्षेत्रको विकास गर्ने सोच बनेको हो । बिना मगरले २०७० मा पराजित भएर पनि व्यक्तिगत र पार्टीगत पहलमा १ नम्बर निर्वाचन क्षेत्रमा विकासका थुप्रै काम गरिन् । दृढ संकल्प र निरन्तर सक्रियताले मंसिर २१ गते सम्पन्न निर्वाचनबाट बिना मगरलाई सानदार जीत मिलेको छ ।

उनले आफूलाई सघाउने सवैलाई धन्यवाद दिएकीे छन् । ‘मलाई निर्वाचित गराउन मतदान गर्ने मतदाता, चुनाव प्रचारमा खटिने वाम गठबन्धनका नेता कार्यकर्ता, चुनावमा समर्थन र मतदान गरेर सघाउने अन्य विभिन्न पार्टीका समर्थक, प्रतिस्पर्धालाई सौहार्द बनाउने प्रतिस्पर्धी उम्मेदवारहरू, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन खटिएका निर्वाचन आयोगका कर्मचारी र शान्ति व्यवस्था कायम राख्न खटिएका सुरक्षाकर्मी तथा सञ्चारकर्मी महानुभावहरूप्रति आभार प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ धन्यवाद ज्ञापनपत्रमा लेखिएको छ ।

बिना मगर विजयी भएको क्षेत्रबाट प्रदेशसभा १ बाट तारालामा तामाङ र प्रदेशसभा २ बाट कुलवीर चौधरी विजयी भएका छन् । कञ्चनपुरको १ नम्बर क्षेत्रमा वाम गठबन्धनले सानदार जीत हात पारेको छ । ८८ हजार ५९ मतदाता रहेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा ६३ हजार ३ सय १ मत खसेकोमा ६० हजार २ सय ६३ मत सदर भएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका दिवानसिंह विष्टसँग बिना मगर झिनो मतान्तरले पराजित भएकी थिइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ