arrow

ओखलढुंगामा पार्टीलाई अन्तर्घात गर्ने २० जना काँग्रेसबाट निष्काशित

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
congress4.jpg

ओखलढुंगा । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई अन्तर्घात गर्ने र स्वतन्त्र उम्मेदवारी दिने तथा सघाउने २० जनालाई कार्वाही भएको छ । 

उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको काँग्रेस ओखलढुंगाले विज्ञप्ति जारी गरी जनाएको छ । 

उम्मेदवारहरु प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामहरी खतिवडा, सभापति एवं प्रदेशसभा सदस्य ख का उम्मेदवार प्रदिपकुमार सुनुवार, प्रदेश सभा सदस्य क का उम्मेदवार मित्रसेन दाहाल र प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवार गोमा केसीद्धारा हस्ताक्षरित विज्ञप्तिबाट उनीहरु कार्वाहीमा परेको जनाइएको हो । 

कार्वाहीमा पर्नेमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली, प्रस्तावक समर्थकहरु रामजी बास्तोला र ठाकुर प्रसाद गौतम, प्रचारप्रसार समिति संयोजक कमल तामाङ, सक्रिय सहयोगीहरु दुर्योधन गिरी, जितेन्द्रबहादुर कार्की, सिताराम श्रेष्ठलगायत छन् । 

त्यस्तै अन्तर्घात गर्नेहरु टेकराज भट्टराई, लिला बल्लभ दाहाल र कुमार लुइटेल रहेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ