arrow

काँग्रेसका ताराहरु

logo
राजनीतिक व्यूरो,
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
congress-123.jpg.jpeg

काठमाडौं। नेपाली काँग्रेसको लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सुखद रहेन। दुई ठूला कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउँदा त्यसले परिणाममा पार्ने प्रभावको आँकलन गरिएपनि यस तहसम्म होला भन्ने अनुमान काँग्रेसीहरुलाई थिएन। 

हजारौ मतले हारेका ठाउँलाई छोड्ने हो भने केहि मत अनि केहि सय मतले हार्नेको संख्या पनि अधिक रह्यो। समानुपातिकमा प्राप्त मतले जनमत अझै पनि चिन्ताजनक रुपमा तल भएको नदेखाएपनि आगामी दिनमा पार्टीलाई फेरि मूल पार्टी बनाउन धेरै मेहेनत गर्नुपर्ने देखाएको छ। 

देशभर काँग्रेसका लागि स्थिति अनुकुल भएन। प्रतिकुलताका वावजुद काँग्रेस नेता कार्यकर्ताहरु जुन उत्साहले चुनावमा होमिए यसले काँग्रेसलाई जीतका लागि अग्रसर गराएको थियो। कम्युनिष्टहरुले लगाएका अनेक प्रोपोगण्डा र आरोपका बीचमा काँग्रेस आफूलाई सहि सावित गर्दै अघी बढ्ने प्रयास गरेको थियो। केहि आक्रामकता देखाउन पनि खोजको थियो। तर यो दुई ठूला कम्युनिष्टहरु एक ठाउँमा आउँदा जीतको लागि पर्याप्त थिएन। जति जीत भएको छ यसमा त्यस क्षेत्रमा पार्टीको संगठनका अतिरिक्त उमेद्वारको व्यक्तिगत प्रभावका कारण थियो। चुनावी रणनीति पनि यसमा मिसिएको छ। तर यहि रणनीति पार्टीगत रुपमा जति अपेक्षा गरिएको थियो पार्टीका रणनीतिकारहरु यसमा चुकेको देखियो। 

यहि प्रतिकुलतामा काँग्रेसले ४१ जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधि पठाउन सकेन। काँग्रेसको प्रभाव क्षेत्र, गढ भनिएका ठाउँमा पनि काँग्रेसले हात धुनु पर्‍यो। प्रदेश म्वर ६ एक प्रदेश सभामा र प्रदेश नम्वर ७ एक प्रतिनिधि सभा र एक २ प्रदेश सभामा सिमिति रह्यो। 

मेची अञ्चल शून्यमा रह्यो । कोशीको इज्जत सुनसरीले राख्यो। काँग्रेस हुर्केको वढेको मोरङमा मिनेन्द्र रिजालले साख जोगाए। सुनसरीमा ज्ञानेन्द्र कार्की र सिताराम मेहताले हुँकार गरे। विजय विजयी भएर आउँदा यहाँ राम्रो अवस्था आउनेछ। 

सगरमाथाको उदयपुरमा नारायण खड्काले प्रतिनिधि सभामा गएर कम्युनिष्ट दवदवालाई केहि मत्थर बनाउने प्रयास गरे। सिराहामा चिन्तक प्रदिप गरि र सप्तरीमा तेजुलाल चौधरीले काँग्रेसको इज्जत जोगाए । रौतहटमा अफताव आलम र देविप्रसाद तिमिल्सिनाले वचाएको काँग्रेसको छवीलाई बारामा उमाकान्त चौधरीले ढल्न दिएनन। 

हिमाली जिल्ला रसुवाबाट मोहन आचार्यले उँचो राखेको काँग्रेसको शानलाई उपत्यकामा आइपुग्दा काठमाडौंका नेताहरुले गौरव मान्नुपर्ने अवस्थामा पुर्‍याए। झिनो मतले केहि नेताहरु पराजित भएपनि यो प्रतिकुलतामा काठमाडौंका चार नेताहरु जनताको माझबाट प्रतिनिधि सभामा पुगे। 

पार्टीको झण्डामा रहेको चारतारा झै काठमाडौंका चार नेताहरुले पनि निर्वाचित भएर पार्टी झण्डाको चार ताराको रुपमा आफूलाई उभ्याए। काठमाडौं १ बाट प्रकाशमानसिंह, ४ बाट गगन थापा, ६ बाट भिमसेनदास प्रधान र १० बाट राजन केसीले प्रतिष्पर्धीको माझबाट आफूलाई अव्वल सावित गर्दै प्रतिनिधि सभामा पुगे। देशैभर निराश परिणाम आउँदै गर्दा काठमाडौंमा यि नेताहरुले पार्टी साखलाई मात्र बचाएनन सिंगो पार्टी पङतिलाई निरास हुनबाट बचाएका छन्। यस हिसावले पनि काठमाडौंका यि ४ नेता काँग्रेसले गर्व गर्ने विषय र पात्र भएका छन्। 

नवलपरासीमा महामन्त्री शशांक कोइराला, देवेन्द्रराज कँडेलले आफ्नो विरासतलाई कायम राख्दा रुपन्देहीमा भरत शाह बूढो वाघ भएर आए। रुपन्देहीकै यूवा जोशका प्रमोदकुमार यादव र कपिलवस्तुका अभिषेक प्रताप शाह काँग्रेसका भरोसाका पात्र बने। बर्दियाबाट सञ्जय गौतमले धेरैलाई रोमाञ्चित बनाए। संगठनमा लागिरहे आफूहरुलाई हुँकार गरेर लपेट्न खोज्नेहरुलाई मात दिन सकिन्छ भने काँग्रेसका सञ्जय गौतमले पुष्टी गरे। 

काँग्रेस सभापति शेर बहादुर देउवा छैठौं पटक संसदमा प्रवेश गरे। पार्टीको अवस्था अनेक कारणले राम्रो बन्न नसकेपनि देउवाको नेतृत्वमा रहेको काँग्रेसका यि निर्वाचित भएर आएका क्रिम अनुहार पार्टीका गर्व गर्न लायक पात्र हुन। धेरै उमेद्वार थोरै मतले पराजित हुन पुगे। विश्वप्रकाश शर्मा, नविन्द्रराज जोशी, रमेश लेखक, रामहरी खतिवडा, अनिल रुङगटा, बीर बहादुर बलायर, उमेशजंग रायमाझीहरु सहानुभुतिका मात्र पात्र होइनन अब पार्टीलाई अगाडी बढाउने योजनाकारमा समेटिनुपर्छ। टिकट नपाएका गुरु घिमिरे धनराज गुरुङहरु मुलधारमा रहनुपर्छ। कृष्ण प्रसाद सिटौला र शेखरको क्षमताको उपयोग गरिनुपर्छ। 

काँग्रेसलाई निराश भएर मुर्झाएको सुहाउन्न। फेरि पनि देशको नेतृत्व गर्नेगरि अघी बढ्दैछ भन्ने विश्वास मतदाता र कार्यकर्ता पङतिमा दिलाउन जरुरी छ। यसका लागि तत्काल पार्टी नेतृत्वले एक्सन थाल्न जरुरी छ। अब ढीलासुस्ती पार्टीकै लागि थप हानिकारक बन्ने पक्का छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ