arrow

'हारमा निराश बन्ने व्यक्ति कांग्रेस हुन सक्दैन' : विश्वप्रकाश शर्मा (भिडियो)

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
bishwa.jpg

काठमाडौं । असन्न प्रतिनिधि तथा प्रदेश सभामा नराम्रोसँग हार व्यहोरेको कांग्रेसका कार्यकर्तालाई उक्साउदै नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले  हारमा निराश बन्ने  व्यक्ति कांग्रेस हुन नसक्ने बताएका छन् । मंगलबार मतदातालाई अभार प्रकट गर्न  झापाको धुलाबारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले जंगलबाट माओवादीलाई शहर र अहिंसाको बाटोमा कांग्रेसले ल्याएको बताउदै भने, 'तर सो कुरा पनि कांग्रेसले जनतालाई बुझाउन सकेन ।' उनले भने, 'कांग्रेसले मधेश र देशलाई विश्वासमा लिदै स्थानीय तहको निर्वचन सम्पन्न गरायो तर हामीले जनतालाई वुझाउन सकेनौ त्यसैले कांग्रेसले हार्‍यो ।'

उनले कांग्रेस सभापति शेरवहादुर देउवा, रामचन्द्र पौडेल र अन्य नेतबाट  थुप्रै कमजोरि भएको बताए  । उनले  भने, 'चाहे आइजिपी प्रकरण होस वा प्रधानन्यायाधीश प्रकरण कांगेसबाट थुप्रै गल्ती भएका छन् ।  मैले भन्ने गरेको छु देशमा परिवर्तन गर्नका लागि राजनीतिमा परिवर्तनको जरुरी छ । राजनीतिमा परिवर्तनको लागि हाम्रै कांग्रेसमा परिवर्तनको जरुरी छ ।'

उनले कांग्रेसले आफ्नो एजेण्डा जनता माझ बुझाउन नसकेको भन्दै भने 'एउटा कुरा नविर्सौ यदि शेरवाहादुर देउवा कम्युनिष्ट पार्टीका अध्यक्ष भएको भए उनका कार्यकर्ताले देश भरि, हे कांग्रेसहरु हो हाम्रो पर्टी सभापतिले बोलेको बुझिएन भन्छौ तिमिले आज बोल्न पाउने अधिकारका लागि  दर्जनौ वर्ष जेल बस्दै गर्दा उनको जिब्रोमा करेन्ट लगाइएको थियो भन्ने थिए ।'

उनले माओवादी र एमालेको गठबन्धन भएसँगै देशमा कांग्रेस उपविजेता भएको बताए । कांग्रेसले धाधली गरेको भन्दै मतदान गणना बहिष्कार पनि नगरेको बताए । उनले कांग्रेसले माओवादी र एमाले गठबन्धनको अन्तर्विरोधको बिषय पनि जनतामा लान नसकेको बताए ।

कांग्रेस कार्यकर्ता निराश हुन नहुने भन्दै उनले 'कांग्रेस फुटबलको टिम हारेको जस्तो हुनु हदैन । विपि कोइरालासँग सपना थियो तर उहाँले काम गर्ने समय पाउनु भएन । हामीसँग प्रशस्त  समय छ तर हामीसँग सपना छैन ।अब हामी कांग्रेस बनाउन लाग्नैपर्छ ।'

उनले भने 'कांग्रेस सकियो भनेर कसैले भन्दै छ भने होसियार राजा महेन्द्र र माओवादीले पालै पिलो गर्दन छानि छानि   मार्दा समाप्त नभएको कांग्रेस जाबो एउटा निर्वाचन हर्दा समाप्त हुदैन कांग्रेस नयाँ ढंगले नयाँ जागरका साथ आउने छ ।'   

उनको मन्तव्य सुन्न उपस्थित कार्यकर्ताहरु  जुरुक्क जुरुक्क उठेका थिए ।

 

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ