arrow

यी हुन् काँग्रेसबाट प्रतिनिधि सभामा आएका 'नयाँ अनुहार'हरु 

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
congress-flag.jpg

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भईसकेको छ । निर्वाचनको प्रत्यक्ष तर्फको पनि अन्तिम नतिजा आईपुग्न अब ४ सिट मात्रै बाँकी छ । अहिलेसम्मको नतिजा अनुसार र अब आउने नतिजा जसको पोल्टामा गएपनि यस पाली प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ नेकपा एमाले पहिलो भएको छ भने नेकपा माओवादी केन्द्र दोस्रो र नेपाली काँग्रेस तेस्रो स्थानमा सीमित भएको छ । 

२०७० सालको चुनावमा पहिलो पार्टी बनेको काँग्रेस अहिले तेस्रो पार्टीमा सीमित हुँदा सो पार्टीमा अहिलेसम्म २२ सिट जितिसकेको छ । भने एक सिटमा झिनो मतान्तर रहेकोले चुनाव जित्ने केही सम्भावना जिवितै देखिन्छ । अहिले सुनसरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसका उम्मेदवार विजयकुमार गच्छदार र नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीबीच प्रतिस्पर्धा चलिरहेको छ । 

अहिलेसम्म चुनाव जितिसकेकाहरुको बारेमा कुरा गर्दा २०७० सालमा प्रत्यक्ष तथा समानुपातिक तर्फ सांसद् बनेका र नबनेका गरी कस्ता उम्मेदवार कति छन् त ? यस अघि चुनाव नलडेका र अहिले बाम गठबन्धनको यस्तो प्रभाव भएको बेलामा पनि चुनाव जित्ने उम्मेदवारहरु को को हुन् त ? 

बारा क्षेत्र नं। १ मा  नेपाली काँग्रेसका उमाकान्त चौधरी २४ हजार ४ सय ५० मत ल्याएर बिजयी भए । उनी २०७० सालको चुनावमा सांसद् थिएनन् । त्यस्तै रौतहट क्षेत्र नं। ४ बाट विजयी बनेका देव प्रसाद तिमल्सेना पनि २०७० सालमा सांसद् बनेका थिएनन् । उनले अहिले २८ हजार २ सय २८ मत ल्याएर चुनाव जितेका छन् । ०७० सालमा सांसद् बन्न नपाएका र अहिले चुनाव जितेका अन्य नयाँ अनुहारहरुमा रुपन्देही क्षेत्र नं। ४का प्रमोद कुमार यादव (३१,७१८), नवलपरासी क्षेत्र नं। २ का देवेन्‍द्र राज क‌ंडेल (३४,१३०), कपिलवस्तु क्षेत्र नं। ३ का अभिषेक प्रताप शाह (२०,००१)    र रसुवास्(क्षेत्र नं। १ का मोहन आचार्य (१४,४५३) रहेका छन् । 

यस मध्य अभिषेक प्रताप शाह भने यस अघि २०७० सालमा पनि सांसद् थिए । तर, उनी संघीय समाजवादी फोरमको तर्फबाट त्यतिबेला सांसद् थिए भने अहिले कांग्रेसबाट उम्मेदवारी दिएका छन् । माथि उल्लिखित मध्यका केही यस अघि एक पटक सांसद् भइसकेको भएपनि २०७० सालमा कोही पनि सांसद् नभएकोले उनीहरुलार्इ पनि नयाँ अनुहार भन्न सकिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ