arrow

समानुपातिक तर्फ गोरखामा पनि काँग्रेस पहिलो

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
congress-flag.jpg

गोरखा । प्रत्यक्षतर्फ एउटा प्रदेशसभा जितेको गोरखाको नेपाली काँग्रेस समानुपातिकतर्फको मतगणनामा भने पहिलो पार्टी बनेको छ । एक लाख २३ हजार ७७६ मत खसेकामा काँग्रेसले ३५ हजार ४१९ मत ल्याएको छ । नेकपा (माओवादी केन्द्र)ले ३४ हजार ७७३ मत ल्याएर दोस्रो पार्टी बनेको छ भने १८ हजार ४१३ मत ल्याएर नयाँ शक्ति पार्टी तेस्रो र १७ हजार ८१३ मत ल्याएर नेकपा एमाले चौथो पार्टी बनेको हो । 

त्यस्तै प्रदेशतर्फ भने माओवादी केन्द्रअघि छ । ३२ हजार ९३३ मत ल्याएर माओवादी पहिलो बन्यो । काँग्रेसले ३२ हजार ५९७ मत पायो भने नयाँ शक्तिले १८ हजार ८०७ र एमालेले १७ हजार १२३ मत ल्याएको हो । क्षेत्र नं १ मा खसेको ९८ हजार ९२२ मध्ये काँग्रेस १९ हजार ८० मतले अगाडि छ । माओवादी केन्द्रले १७ हजार १२५ मत ल्यायो । एमालेले ११ हजार ७८० र नयाँ शक्तिले ६ हजार ५९९ मत ल्याएको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए । 

क्षेत्र नं १ को प्रदेश (क)मा माओवादी केन्द्रको नौ हजार ७७५, काँग्रेसको आठ हजार ३२२, एमालेको चार हजार ६५४ र नयाँ शक्तिको चार हजार २७२ मत आयो । प्रदेश २ मा काँग्रेसको नौ हजार १४४, माओवादी केन्द्रको छ हजार ९८७, एमालेको छ हजार ७०४ र नयाँ शक्तिको दुई हजार ८१८ मत आएको सापकोटाले बताए । 

यस्तै क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रको १७ हजार ६०८, काँग्रेसको १६ हजार ३३९, नयाँ शत्तिलको ११ हजार ८१४ र एमालेको छ हजार ३३ मत खसेको निर्वाचत अधिकृत एकनारायण लम्सालले बताए। प्रदेश (क)मा माओवादी केन्द्रको सात हजार २४८, काँग्रेसको छ हजार २१६, नयाँ शक्तिको सात हजार ४३७ र एमालेको तीन हजार ४८१ मत आएको छ । 

प्रदेश (ख)मा माओवादी केन्द्रको नौ हजार ३२३, काँग्रेसको आठ हजार ९१३, नयाँ शक्तिको चार हजार २८० र एमालेको दुई हजार २८४ मत आएको हो । प्रत्यक्षतर्फ चारवटा प्रदेशमा काँग्रेस, एमाले, माओवादी र नयाँ शक्तिले एक÷एक सिट जितेका थिए भने प्रतिनिधिसभातर्फ नयाँ शक्तिबाट गोरखा–२ मा बाबुराम भट्टराई र गोरखा–१ मा माओवादी नेता हरिराज अधिकारी विजयी भएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ