arrow

सुनसरी ३ मा ४४ मा झर्यो मतान्तर, कहाँ कहाँ बाँकी छ मत गन्न  ? 

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
gachhadar_bhagawati.png

सुनसरी । बिजय कुमार गच्छदारले प्रतिद्धन्द्धी भगवती चौधरीसँगको मतान्तर ४४ मा झारेका छन् । पछिल्लो सार्वजनिक नतिजा अनुसार एमालेकी चौधरीले ३२ हजार ५ सय ७० मत ल्याउँदा गच्छदारले ३२ हजार ५ सय २६ मत ल्याएका छन् । 

कुल खसेको ८५ हजार १ सय ३७ मत मध्ये अहिले सम्म ७१ हजार ३ सय २० मत गणना भएको छ । अब १३ हजार ८ सय १७ मत गन्न बाँकी रहेको छ । यतिवेला २२ लट अन्तर्गत इटहरी ११ क, दुहवी २ क, गढी ४ घ, दुहवी ११ घ र बर्जु ५ ख को गणना थालिएको छ । २२ लटमा ३५ सय १७ मत खसेको छ । दुहवी २ गच्छदारको पकड रहेको वडा मानिन्छ । 

स्थानीय तह निर्वाचन परिणामलाई हेर्दा अहिले मतगणना सुरु भएको इटहरीको २ र ११ वडा नेपाली कांग्रेसले जितेका थियो । गढी ४ र दुहवी ११ मा फोरम लोकतान्त्रिकले जितेको थियो । बर्जु ६ मा भने एमालेले बाजी मारेको थियो । 

इटहरी, दुहवी, गढी र बर्जुका वडाका केही मतदान केन्द्रका मत पेटिकाभित्रको मत गन्न अझै बाँकी नै रहेको छ । मत गणनामा बाधा उत्पन्न नभएको खण्डमा सम्भवतः विहानी पखसम्म नतिजा घोषणा हुन सक्ने अनुमान गर्न सकिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ