arrow

सुनसरी—३ मा गच्छदारले गरे कमाल, भगवतीलार्इ छाडेर लागे अघि

logo
प्रकाशित २०७४ मंसिर २७ बुधबार
gachhadar_bhagawati.png

इनरुवा। सुनसरी क्षेत्र नं ३ को मतगणनामा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदार अगाडि भएका छन्। मतगणना शुरु भएदेखि पछाडि रहँदै आएका गच्छदार बुधबार अगाडि भएका हुन् । बिहान ६ बजे सार्वजनिक भएको पछिल्लो मत परिणामअनुसार गच्छदार ५१९ मतले अगाडि भएका छन् । 

पछिल्लो मत परिणामअनुसार काँग्रेसका उम्मेदवार गच्छदारले ३६ हजार ८० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार भगवती चौधरीले ३५ हजार ५६१ मत प्राप्त गरेका छन् । 

सो क्षेत्रमा ८५ हजार १९७ मत खसेकोमा ७८ हजार ३९१ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुनसरीले जनाएको छ । अब त्यो क्षेत्रमा जम्मा छ हजार ८०६ मत गणना गर्न बाँकी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ