arrow

सुनसरी ३ मा गच्छदार अगाडि, एक घण्टाभित्रै परिणाम, दोहोरो ह्याट्रिक नजिक

logo
प्रकाशित २०७४ मंसिर २७ बुधबार
gachhadar.jpeg

सुनसरी । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नम्बर ३ को मतगणना अन्तिम चरणमा पुगेको छ । नेपाली काँग्रेसका उम्मेदवार उपप्रधानमन्त्री विजयकुमार गच्छदार जित नजिक पुगेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार गच्छदारको ३७ हजार ५ सय ७५ मत रहेको छ भने नेकपा एमालेकी भगवती चौधरीको ३७ हजार ५० मत रहेको छ । 

अन्तिम चरणमा मतगणना भइरहँदा गच्छदार ५२५ मतले अगाडि छन् । मंगलबारसम्म गच्छदार पछाडि थिए । 

०४८ सालदेखि निरन्तर विजेता बन्दै आएका गच्छदारले यसपटक जित हासिल गरे जितसंख्यामा दोहोरो ह्याट्रिक (६ पटक जित्ने) गर्नेछन् ।

यो सिट जित्दा काँग्रेसको संख्या २३  हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ