arrow

ट्रम्पको सातो लियो बंगलादेशी युवकले 

logo
प्रकाशित २०७४ मंसिर २७ बुधबार
bangladeshi-akayed_ullah.jpg

काठमाडौं । बंगलादेशी एक युवकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सातो लिएको छ । फेसबुकमार्फत २७ वर्षे युवकले चेतावनीसहित सातो लिएको हो । 

तर ट्रम्पले वास्ता नगर्दा अमेरिकाको न्यूयोर्कस्थित बस टर्मिनलमा बम विस्फोट भएको थियो । 

त्यो घटना गराउनुअघि बंगलादेशी युवकले ट्रम्पलाई चेतावनी दिएको थियो । 

उक्त अकायद उल्लाह नामको युवकले फेसबुकमा ‘ट्रम्प आफ्नो देशको सुरक्षामा असफल भएको’ पोस्ट गरेका थिए । 

अमेरिकी अभियोजनकर्ताहरुले इस्लामिक स्टेट आइएस समुहको समर्थनमा युवकले बम विस्फोट गराएको दाबी गरेका छन् ।

क्रिसमसका अवसरमा बालिने विद्युतीय तारको प्रयोग गरेर घरमै बम बनाएको युवकले जनाएको छ । 

यो घटनाले अमेरिकामा पनि आइएसको प्रभाव बढेको देखाएको बीबीसीले उल्लेख गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ