arrow

भारतीय मिडिया भन्छ : चीन र पाकिस्तान पछि भारतलाई नेपालबाट टेन्सन

logo
प्रकाशित २०७४ मंसिर २७ बुधबार
nabhabharat_times1.png

काठमाडौं । नेपालमा बाम गठबन्धनले विजय हाँसिल गरेपछि यसको प्रत्यक्ष प्रभाव भारतमा समेत देखिएको छ । भारतको विभिन्न सञ्चारमाध्यमहरुले नेपालका बारेमा धेरै टीकाटिप्पणी र समाचारहरु प्रस्तुत गरिरहको बेला भारतको चर्चित अनलाईन पोर्टल नवभारत टाईम्सले भने भारतलाई चीन र पाकिस्तान पछि नेपालले टेन्सन दिन थालेको उल्लेख गर्दै समाचार प्रस्तुत गरेको छ । 

बुधबार उक्त अनलाईनमा पाकिस्तान र चीन पछि अब भारतलाई नेपालबाट टेन्सन ? भन्ने प्रश्नात्मक शीर्षकमा प्रकाशित समाचारमा भारतलाई नेपालमा कम्युनिष्ट सत्ता आएको र त्यो सत्ता चिनियाँ पक्ष तर्फ ढल्किएपछि झन् टेन्सन थपिएको बताएको छ । गुजरात विधानसभा चुनावकाबीच सरकार पाकिस्तानसँगको तनावमा मात्रै व्यस्त भईरहेको बेलामा नेपालबाट अर्काे किसिमको तनाव सुरु भएको उल्लेख गरिएको छ । 

नेपालमा कम्युनिस्ट पार्टीको सरकार बनेपछि केपी ओलीको हातमा सत्ताको चाबी हुनु नै भारतको लागि खताराको घण्टी बजेको पनि समाचारमा उल्लेख गरिएको छ । ओलीले बाम पार्टीको तर्फबाट छिट्टै सपथ लिनलागेको पनि त्यहाँ उल्लेख गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ