arrow

फोरमको विजय जुलुसमा गोली चल्यो, चार प्रहरी घाइते

logo
प्रकाशित २०७४ मंसिर २७ बुधबार
Bullet_Fire.jpeg

सिमरा, बारा । बाराको क्षेत्र नम्बर २ अन्तर्गत पचरौता नगरपालिका–२ बेल्दारीमा संघीय समाजवादी फोरमले बुधवार विजय जुलुस मनाउने क्रममा झडप भएपछि प्रहरीले चार राउण्ड हवाइ फायर गरेको छ ।

बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारका अनुसार दिउसो साढे ३ बजे संघीय समाजबादी फोरमका कार्यकर्ताले निकालेको विजय जुलुसका क्रममा स्थानीय समूहले अवरोध गरेपछि फोरम कार्यकर्ता र स्थानीयबीच झडप भएको थियो ।

झडपपछि स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि समेत ढुंगामुढा भएपछि प्रहरीले हवाई फायर गरेको प्रहरी उपरीक्षक वैदवारले जानकारी दिए ।

झडपमा परी चार प्रहरी घाइते भएका छन् । घाइते हुनेमा एक प्रहरी नायब निरीक्षक र तीन जवान छन् । घटनास्थललाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका बारेमा थप अनुसन्धान गर्न बाराका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहको नेतृत्वमा जिल्ला प्रहरीको एक टोली बेल्दारी पुगेको छ ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ