arrow

गगन थापा स्वास्थ्य प्रणाली बुझ्न दक्षिण अफ्रिकामा 

logo
प्रकाशित २०७४ मंसिर २८ बिहिबार
gagan4.jpg

काठमाडौँ । नेपाली काँग्रेसका नेता, काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद तथा पूर्वस्वास्थमन्त्री गगन थापा दक्षिण अफ्रिका गएका छन् । 

उनी दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको उच्चस्तरीय स्वास्थ्य प्रणालीबारे ल्यान्सेट आयोगको एक विशेष बैठकमा भाग लिन पुगेका हुन् ।

उनले सामाजिक संजाल ट्वीटरमार्फत आफू उक्त बैठकमा सहभागी भएको तस्वीरसमेत पोष्ट गरेका छन् । 

यो आयोगमा संसारभरिबाटै विद्धत वर्ग, नीतिनिर्माता र स्वास्थ्यप्रणालीका जानकारहरु सहभागी रहेका छन् । आयोगले निम्न र मध्य आय भएका देशहरुका लागि स्वास्थ्य प्रणालीको गुणस्तरमा काम गर्ने गरेको छ।

पूर्व स्वास्थ्यमन्त्री भएका बेला स्वास्थ्य क्षेत्रमा गरेको कामको मुल्यांकन गर्दै आयोगले गगन थापालाई निमन्त्रणा दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ