arrow

थाहा पाउनुस् यो हो किर्ते नागरिकता बनाउने गिरोह 

logo
हाम्रा कुरा
प्रकाशित २०७४ मंसिर २८ बिहिबार
duplicate-citizenship.jpg

राजविराज । प्रहरीले सरकारी कर्मचारीको मिलोमतोमा किर्ते नागरिकता बनाउने गिरोहलाई पक्राउ गरी बिहिबार सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले राजविराजस्थित राजरंगशालामा किर्ते नागरिकता बनाइरहेको सूचना प्राप्त भएलगत्तै सो गिरोहलाई पक्राउ गर्न सफल भएको बताए । 

किर्ते नागरिकता बनाउने कार्यमा मुख्य संलग्नता सर्लाही ब्रह्मपुरी गाउँपालिका–७ निवासी तथा हाल जिल्ला प्रशासन कार्यालयमा करारमा सहयोगी अजयकुमार यादव र सप्तरी, महदेवा गाउँपालिका–१ निवासी तथा राजविराज नगरपालिका–१० का वडा सचिव मो वकिल मियाँ रहेको प्रहरीको भनाइ छ । 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको नक्कली हस्ताक्षर, जिल्ला प्रशासन कार्यालयको नक्कली छाप र सक्कली नागरिकता प्रमाणपत्र र त्यसमा अंकित होलोग्रामसहित विभिन्न मितिमा जारी चार थान नागरिकता समेत उक्त गिरोहबाट बरामद गरिएको छ । 

सोही आरोपमा भारतको उत्तरदेनाजपुर, अन्तकोठा, थाना हेमन्तवाद बस्ने मो लतिफुर रहमान, भारतको किसनगंज ग्राम तिवरिया, कोचाधामन निवासी र हाल झापा बिर्तामोड–१ बस्ने मो नवेद, सुनसरीको हरिपुर गाउँपालिका–८ निवासी कलिम मियाँ र झापाको बिर्तामोड नगरपालिका–४ निवासी मो सइरोलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरुका साथबाट किर्ते नागरिकता चार थान, मोबाइल छ थान, सीमकार्ड, रु दुई लाख १४ हजार, विभिन्न पदका नक्कली सरकारी छाप ११ थान बरामद भएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ