प्रतिनिधिसभाको समानुपातिकतर्फ मतगणना अन्तिम चरणमा, कसको कति मत ?
प्रकाशित २०७४ मंसिर २९ शुक्रबार
635
Shares
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ मतगणना अन्तिम चरणमा पुगेको छ । नेकपा एमाले २९ लाख ४१ हजार ३४७ मतसहित शिर्ष स्थानमा रहेको छ ।
नेपाली काँग्रेस २८ लाख ५९ हजार ३२९ मतसहित दोस्रो स्थानमा छ । माओवादी केन्द्रको ११ लाख ८३ हजार ८७८ मत रहेको छ ।
चौथो स्थानको संघीय समाजवादी फोरमको ४ लाख १६ हजर ८७९ मत रहेको छ ।
पाँचौं स्थानको राजपाको ३ लाख ७९ हजार ६१० मत रहेको छ ।
छैटौं स्थानको विवेकशील साझाको १ लाख ९७ हजार २६ मत रहेको छ ।
सातौं स्थानको राप्रपाको १ लाख ८८ हजार १८३ मत रहेको छ ।
आठौं स्थानको नयाँ शक्तिको ७५ हजार ४८६ मत रहेको छ । नवौं स्थानको राप्रपा प्रजातान्त्रिकको ७४ हजार १४७ मत रहेको छ ।
दशौं स्थानको मजदुर किसान पार्टीको ५२ हजार ६१४ मत रहेको छ ।
समानुपातिकमा सहभागी ५० दलमध्ये १३ दलले एक हजार मतसमेत ल्याउन सकेका छैनन् ।