- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाल्पा । पाल्पा जिल्लाको साहित्यक क्षेत्रको एक खम्बाको रुपमा चिनिने कृष्ण पहारीको निधन भएको छ । पोखराथोक साहित्य सँगमका अध्यक्ष समेत रहेका पहारीको शुक्रवार राती ६१ वर्षको उमेरमा ब्रेन ट्युमरका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको निधन प्रति जिल्लाको सिङ्गो साहित्य क्षेत्र नै शोक मग्न भएको छ । बगनाशकाली २ पोखराथोक पाल्पा निवासी पहारी सामुदायीक रेडियो मदनपोखराका रेडियो प्रतिनिधि समेत हुन् । अत्यन्तै मिलनसार , सवैका प्रिय पहारीले जिल्लाको साहित्य, सञ्चार र स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याएका छन् ।
उनले साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दे जिल्लाका साहित्यकारहरुले सामाजिक सञ्जालहरुका वालहरुमा जिल्लाको समग्र साहित्यक क्षेत्रमा ठुलो क्षति पुगेको भन्दै शद्धान्जलीका शब्दहरु प्रकट गरेका छन् ।