अध्यादेश बारे अनावश्यक टीकाटिप्पणी नगर्नुस् : नेता सिंह
प्रकाशित २०७४ पुष १ शनिबार
210
Shares
काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अध्यादेशको बारेमा वाम गठबन्धनलाई अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गरेकाछन्।
थापागाउँ सुधार समितिले आज यहाँ आयोजना गरेको ‘बधाई एवं धन्यवाद’ कार्यक्रममा नेता सिंहले संविधानमा अध्यादेशमार्फत राष्ट्रियसभाको गठन हुने प्रावधान भएकाले सोहीअनुसार सरकारले काम गर्ने स्पष्ट पारे। “कांग्रेसलाई एकछिन पनि सत्तामा बस्न रहर छैन, हामी सबै कुरा मिलेपछि सरकार छाड्छौँ,”–उनले भने।
काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेता सिंहले काँग्रेस संसद्मा जिम्मेवार प्रतिपक्षमा बस्ने उल्लेख गरे। “हामी प्रदेशदेखि केन्द्र सरकारसम्म प्रतिपक्षमा बस्छौँ,”– उन भने। उनले संविधान कार्यान्वयनका लागि कांग्रेसको सरकारले निर्वाचन गराएको भन्दै अब आर्थिक विकासमा पनि कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।